अखण्डता जोगाउलान् नेताहरुले ?

By Rajan Kuikel viewed : 92 times

 मुलुक यतिबेला संविधान निर्माणको अत्यन्तै कठीन मोडबाट गुज्रीरहेको छ । समकालीन राजनीतिमा हटकेक मुद्दा बनेको शासकीय स्वरुप र राज्यको पुनर्संरचनामा आवेगमा पुगेर निर्णय लिइयो भने त्यसले मुलुकलाई कता पु-याउला भन्ने चिन्ता यतिखेर सर्वत्र छ । नेताहरुले थोरै मात्रै पनि विवेक गुमाए र खुट्टा रट्काए भने हजारौं वर्षदेखि स्वतन्त्र अस्तित्वका साथ साथ दक्षिण एशियामै सबैभन्दा पुरानो मुलुकका रुपमा रहेको हाम्रो पहिचान नामेट भएर जान सक्दछ ।

त्यतिबेला विश्वभर अकण्टक साम्राज्य चलाउने दुस्साहस बोकेर आधीसरह राज्य विस्तारमा दौडेको ब्रिटेनलाईसमेत रोकेर उसको विजय पथमा… read more »
Posted on: May 5th, 2012

आफ्नै मर्जीः संविधानबाटै नयां द्धन्द्धको बिजारोपण नगर

By Rajan Kuikel viewed : 37 times

चार वर्ष लामो रस्साकस्सी र सत्ता लोलुपताको निकृष्ट चरण पार गर्दै नेपालका नेताहरुले जेठ १४ गतेभित्र एक थान संविधान जारी गर्न अहिले निकै दौडधुप गरिरहेका छन् । यसकै लागि नेताहरुले संविधानसभाका हल, समितिका बैठक कक्षदेखि, राजधानी र वरपर क्षेत्रका सुविधासम्पन्न रिसोर्ट अनि तारे होटलसम्म चहारिसकेका छन् ।

‘देश पनि घुमिने मुख पनि फेरिने’ नेपाली आहानलाई चरितार्थ गर्दै खानपानमै करोडौं रुपैयां पनि उडाइसकेका छन् । एकातिर संविधान निर्माणको काम जोडतोडका साथ अघि बढेको छ भने अर्कातिर संविधानमा कसरी आफ्ना स्वार्थ, सिद्धान्त र… read more »
Posted on: May 5th, 2012

आफ्नै मर्जीः औचित्य पुष्टी हुन नसकेको शैक्षिक आन्दोलन

By Rajan Kuikel viewed : 265 times

आफ्नो पेशागत स्वार्थमाभन्दा राजनीतिक दलको पुच्छर बन्ने गरेको तीतो टिप्पणी र आलोचना खेप्दै आएका नेपालका शिक्षक संघ–संगठनहरु यस पटक एकजुट भएर आन्दोलनमा त उत्रिए तर त्यो घर जलाएर खरानीको व्यापार गरेजस्तो देखिँदैछ । अघिपछि चारतिर मुख फर्काएर एकापसमै संघर्ष गर्ने प्रवृति भएका नेपालका सबै शिक्षक संघ संगठन एक साथ आम शैक्षिक हडतालमा उत्रेपछि पौने करोड विद्यार्थीको भविष्य अन्यौलमा परेको हो । अझ यसमा विद्यालयका कर्मचारीहरुले साथ दिएपछि त सुन्दर भविष्य निर्माणका लागि जुटेका विद्यार्थीहरु असहाय बन्नुको विकल्पै रहेन । सबैका वर्गीय संगठनले गर्ने आन्दोलनको पहिलो… read more »
Posted on: March 11th, 2012

आफ्नै मर्जीः सर्वोच्चको झापडमा रन्थनिएकाहरु

By Rajan Kuikel viewed : 6306 times

शान्ति प्रक्रिया टुंग्याई संविधान बनाउनुपर्ने संसद र सरकार सबै काम छाडेर सर्वोच्चसँग जोरी खोज्न जाँदा सर्वोच्चले ढोकाबाटै लखेटिदिएको छ । संविधानसभाको म्याद थपसम्बन्धि मुद्दामा सर्वोच्चले ६ महिनाभित्रमा संविधान बनाइसक्नुपर्ने अन्यथा फेरि म्याद थप्न नपाइने फैसला दिएपछि आक्रोशित बनेको सरकार र संसदका मुखिया डा. बाबुराम भट्टराई र सुवास नेम्वाङले चुच्चो जोड्दै फैसलालाई चुनौति दिन अदालतकै ढोकामा पुग्नुभएको थियो । तर फैसला पुनरावलोकन कुन कुन मुद्दामा हुने र कस्तो अवस्थामा नहुने भन्नेसम्मको ज्ञान हराउनुभएका ‘विद्धान्द्वय’ डाक्साब् र नेम्वाङले पेश गर्नुभएको निवेदनमाथि सर्वोच्चका प्रशासनिक कर्मचारी सहरजिष्ट्रर तहबाटै दरपीठ… read more »
Posted on: December 30th, 2011

आऊ साथी बोतल खोलौं

By Subarna Poudel viewed : 7293 times



पुसको महिना अलार्मको टुनटुन, साढे ४ को उठाई ५ को ट्युसन, ७ बजेको चिया, ९ बजेको कोचिङ, १० बजेको कक्षा । यस्तै थियो साथी स्कुले जीवनको आवारापन । व्यस्त जीवनबीच फुर्सदको क्षण, मित्रहरु माझ नयाँ आर्कषण, रमाइलो थियो साथी त्यो सालको ठन्डी मौसम । प्रफुल्ल मनको प्रफुल्ल उमङ्ग, नयाँ प्रेमको नयाँ प्रसङ्ग, कसैको कसैसँग नाम जोडिँदा, नसोध साथी मुटु माझ कस्तो उठ्थ्यो तरङ्ग । जीवन जीउने एउटै रङ्ग, एउटै आवाज अनि एउटै मन, खुशी होस् या बेरङ, ‘आऊ साथी बोतल खोलौं’–भोलि रहनन् यी… read more »
Posted on: December 22nd, 2011

जो रक्षक, उही भक्षक

By ????? ???? viewed : 1547 times

 सुरक्षा दिन खटिएका प्रहरीको लीला आजभोली हेरी नसक्नु र बुझिनसक्नु भएको छ । राम्रो काम गर्न खोज्दा गल्ती भए माफी दिन सकिन्छ तर नियत नै गलत भए पछि के को माफी ? के लाज ? राम्रो काम गरे वापत प्रहरीलाई जनताले स्याबासी दिन कतिबेलै पछि हटदैनन् तर नराम्रो काम गर्नेको पर्दाफास गर्ने आँट पनि जनतामा छ । प्रसंग हो असोज २६ गते सिन्धुलीमा भएको बस दुर्घटनामा उद्दारका लागि खटिएका प्रहरीको  ।


४१ जनाको ज्यान लिने गरी भएको त्यस दुःखद् घटनामा… read more »
Posted on: October 26th, 2011

रक्षाको कुर्सीबाट विखण्डनको राँको

By Mahendra Rayamajhi viewed : 1407 times

मेरी शेलीको ‘फ्रयाङकस्टाइन’ उपन्यासमा एउटा विज्ञानको विद्यार्थीले उज्यालो खोज्दाखोज्दै आगोको राँकोमा पर्छ । विवादस्पद रक्षामन्त्री शरत्सिंह भण्डारीले पनि बीएस्सी पढेका हुन् । उनले पढेको विज्ञान, रक्षा मन्त्रालय सम्हाल्दा के कति उपयोग गरे, त्यसको अध्ययन हुन त बाँकी नै होला ।


तर उनले उज्यालो प्रकाश खोज्ने निहुँमा आगो निम्त्याउने प्रयास गरेका छन् । जसको लप्को संसदमा प्रतिपक्षी दलहरुले दिएबाट पनि प्रष्ट छ । ‘फ्रयाङकस्टाइन’ मा भिक्टरले विज्ञानको ज्ञानलाई प्रयोग गर्ने क्रममा वित्यास निम्त्याएको थियो । मन्त्री भण्डारीले भने कुनै विज्ञानको सट्टा अज्ञानता र दूषित

मानसिकताको… read more »
Posted on: October 18th, 2011

हेर्दाहेर्दै चकित पर्ने डान्स ... बि–बोईङ

By Niranjan Adhikari viewed : 2743 times

‘बा.... बा... कलाकारिता पनि आजभोलि त कस्तो कस्तो ? कहिले टाउकोले टेकेको छ, कहिले हत्केलाको भरमा उफ्रेको छ, कहिले कम्मर नै भाँचिएला जस्तो .... हेर्दै डर लाग्ने .. यति धेरै त नगरे हुन्थ्यो नि जस्तो लाग्ने ।’

चर्चित कलाकार मदनकृष्ण श्रेष्ठले भदौ २५ गते आयोजित पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रममा विजेतालाई पुरस्कार प्रदान गर्नु अगाडि बोलेका वाक्यहरु हुन् यी । केहिवेर अगाडि त्यही कार्यक्रममा हेरेको बि-बोईङ डान्स सम्झिदै थिए अभिनेता श्रेष्ठ ।

हुन पनि हो, हेर्दा रमाईलो तर विश्वासै गर्न नसकिने, अझ भनौं… read more »
Posted on: September 28th, 2011

सभासदज्यू — झयाम्म, झयाम्म

By Subarna Poudel viewed : 1092 times

     
सभासद् गुणाखर बस्यालको नाम सुन्ने बित्तिकै मेरो दिमागमा एउटै गीत गुञ्जिन्छ । तिम्ले सुन्या को कुरा हो, मैले सुन्या को कुरा हो — झ्याम्म झ्याम्म .....। गेष्टहाउसमा सभासदज्यू — झयाम्म झयाम्म । ‘लेडी लक’ले ‘लक पल्टाउँछ’ भन्छन् । दशैंको मुखमा, बस्यालजीको पनि पल्टायो । हेडलाईन बन्नु भा छ सभासद्ज्यू । छाउनु भा छ चारैतिर । भगवान कसम, जे छ देशमा सभासद्कै छ । तर बस्यालजीले दोश्रो बिहेको सम्पूर्ण आनन्द उठाउन नपाउँदै बेपत्ता भएको कुरा पनि आमसञ्चार माध्यममा व्यापक छ । वास्तवमा उहाँ… read more »
Posted on: September 24th, 2011

आफ्नै मर्जीः कहाँ अल्झँदै छ कांग्रेस ?

By Rajan Kuikel viewed : 502 times

नेपालीमा एउटा उखान छ, कसैलाई केहीको धन्धा, कसैलाई केहीको धन्धा, घर ज्वाईलाई खानको धन्धा भन्ने । ठ्याक्कै यस्तै भएको छ नेपाली कांग्रेसमा यतिवेला । मुलुकमा शान्ति प्रक्रियालाई पूर्णता दिँदै संविधान निर्माण गर्नु जस्तो महत्वपूर्ण राष्ट्रिय मुद्दाहरु अलपत्र परेको छ । शान्ति प्रक्रियाअन्तर्गत माओवादी लडाकुलाई कसरी समायोजन गर्ने ? बर्गीकरण, पुनस्र्थापनामा कस्तो प्याकेज दिने ? विस्तृत शान्ति सम्झौता अनुरुप बन्नुपर्ने थुप्रै आयोगदेखि लुटिएका घर जग्गा सम्पत्तिबाट कसरी फिर्ता गराउने जस्ता विषय अन्यौलमै छ । वर्षदिन नपुग्दै हुने सरकार फेरबदलले नेताहरुप्रति जनतामा वितृष्णा चुलिएको छ । नागरिकका… read more »
Posted on: September 24th, 2011

आखिर मर्नदेखि किन यत्रो डर ?

By Mahendra Rayamajhi viewed : 2676 times

चौधौं शताब्दीका प्रख्यात कवि जोफ्रे चउसरको ‘क्यान्टरव्युरी टेल्स’ को लेक्चर दिँदा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा मानविकी अंग्रेजी संकायका स्नातकोत्तर दोस्रो वर्षका विद्यार्थीलाई एकजना गुरुले मानवीय स्वभावको बारेमा एउटा उदाहरण दिनुहुन्थ्यो । कुनै पनि मानिसले नियमित काम गर्ने समयमा भन्दा बिदाको समयमा उसको स्वभावअनुसार वास्तविक परिचय झल्कन्छ भनेर ।


२०६८ असोज १ गते बिदाको दिन....दिनभर राजधानीको चौकुना घुमेर साँझ ओछ्यानमा पाहा पल्टेझैं गरेर विद्युतीय सञ्चारमाध्यममा कान र आँखा घुमाउँदै थिएँ । एउटा भाइ कम्प्युटरमा खेल खेल्दै थियो, अर्कोले खै के पढ्दै थियो । थकाइ लागेको… read more »
Posted on: September 24th, 2011

‘पोर्टर’ कि ‘रिपोर्टर’ ?

By ??????? ???? viewed : 1070 times

काठमाडौंको एक निजी टेलिभिजनका एक पत्रकार एकै दिनमा ११ वटा औपचारिक कार्यक्रमको समाचार संकलनमा सहभागी भएछन् । साँझपख समाचार लेख्दै जाँदा ९ वटा मात्र तयार भए । २ वटा समाचार हराए । ती समाचार कुन थिए भन्ने कुरा उनले पत्ता लगाउन सकेनन् । एकैदिनमा धेरै समाचार संकलन गर्नु उनको दैनिकी, कर्तव्य वा जिम्मेवारी सबै हुने गथ्र्यो ।

हुन त एकै दिनमा एक दर्जनभन्दा बढी समाचार संकलन गरेर रेकर्ड कायम गर्ने पुराना पत्रकार नेपालमा नभएका भने होइनन् । तर यहाँ उल्लेख गरिएको घटना र… read more »
Posted on: September 24th, 2011

मध्यपूर्वमा सल्किएको तेलको आगो

By Subarna Poudel viewed : 566 times

इङल्याण्डका प्रधानमन्त्री डेभिड क्यामरुन र फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजी केही दिनअघि लिबिया पुगेको समाचारले समस्त संचार माध्यमलाई ततायो । उनीहरु नेताद्धय कर्णेल मुअम्मार गद्दाफीको खोजीमा पक्कै पनि लिबिया गएका थिएनन् । गद्दाफीको पतन क्रमसँगै पश्चिमेली राष्ट्रहरुले लिबियाका जनताप्रति देखाएको तरल स्वभावमा तेल छचल्किएको धेरैले महसुस गरे ।
भनिन्छ, आधुनिक राजनीतिको न्युक्लियसमा तेल हुन्छ । हुन पनि ह्वाइट हाउसदेखि टेन डाउनिङ स्ट्रिटसम्म तेलकै राजनीति हुन्छ । त्यसैले तत्कालीन अटोमान साम्राज्यको पतनसँगै तेलमाथि नियन्त्रण गर्न सन् १९१६ मा ब्रिटेनले फ्रान्ससँग गोप्यरुपमा ‘साइस–पिकट’ समझदारीपत्रमा हस्ताक्षर गरेको थियो… read more »
Posted on: September 19th, 2011

आफ्नै मर्जीः अपराधीलाई हदैसम्मको दण्ड देऊ

By Rajan Kuikel viewed : 394 times

देशभित्र चुलिँदो अराजकताले हरेक नागरिकलाई चिन्तित मात्र तुल्याएको छैन, सबै क्षेत्रप्रति नागरिकको विश्वास क्रमशः उठ्दैछ । सबै वेथिती र पछौटेपनको कारक राजतन्त्र पो रहेछ कि भन्ने सोचेर त्यसविरुद्ध ०६२÷०६३ को जनआन्दोलनम ज्यान हत्केलामा राखेर सडकमा उत्रनेदेखि तिनलाई सघाउने सबै नागरिक आजको मनपरीतन्त्र देखेर अवाक् भैसकेका छन् । जता हे¥यो त्यतै भद्रगोल, लूट, माफियागिरी, अपराधीकरण, भ्रष्टाचार जस्ता विकृतीले मुलुक त्राहीमाम् बन्दै गएको छ । राजनीतिक दलका नेताको अकर्मण्यताका कारण जनताको रगतबाट स्थापित गणतन्त्र आलोचनाका विषय बन्न खोज्दैछ । नातावाद र कृपावाद बिना कसैले कुनै स्थानमा अवसर… read more »
Posted on: September 19th, 2011

दौरा–सुरुवाल–टोपीको रामकहानी

By Mahendra Rayamajhi viewed : 894 times

दोस्रो विश्वयुद्धका बेला डोनाल्ड हिङ्सले विकास गरेपछि प्रचलनमा आएको टु वे रेडियोमा ‘भिक्टर फाइभ सेरागल्फ’, ‘भिक्टर सिक्स सेरागल्फ.......’ भनेर विस्तारै तर एकदम स्पष्ट आवाजमा इमेज च्यानलको सञ्चारसेटाँ रात विहान खुबै बोलिबस्ने पुन दाइको मुड आजकल ठीक छैन । ठान्नुहोला, तिनको सेटमा खराबी आयो वा अफिसमा कुनै गडबडी भयो । कुरा तेसो हैन, भिक्टरवाला यी सेरागल्फ पुन दाइको मुड खराव गर्ने काम सरकारले गरेको छ, त्यो पनि अहिलेका सबैभन्दा लोकप्रिय सर्वहाराका नेता बाबुराम भट्टराईको सरकारले ।
 
कसरी ? तपाईको जिज्ञासा हुनसक्छ । लौ सुन्नुस म… read more »
Posted on: September 14th, 2011

कालो दिनले बोकेका ती काला कहानी......

By Subarna Poudel viewed : 796 times


कालो दिनको नामले परिचित दिनहरुले विश्व इतिहासलाई झन्झन् कालो बनाउँदै लगेका छन् । ती त्यस्ता दिनहरु हुन् जुन समय कुनै दुर्घटना हुँदा देशको सीमा बाहिर रहेका मानिसहरुले भोगेको पीडासँग समस्त धर्म, जातजाति र मानव सभ्यताले पीडाको अनुभूति गर्दछ । कालो दिन अर्थात् त्यो एक दिन जुन दिन मान्छे मौन हुँदा मानवता बोल्छ ।


शायद यही कारण होला हङ्गेरियन संगीत जोडी रेक्सो सेरेस र लास्जो जाभोरले सन् १९३३ मा लेखेको गीत ‘ग्लुमी सण्डे’मा आइतबारलाई उदास दिनको रुपमा चित्रण गरे ।… read more »
Posted on: September 12th, 2011

आाफ्नै मर्जीः

By Rajan Kuikel viewed : 482 times

 

भट्टराई  प्रजातन्त्रवादी ठहरिएलान् ?

माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई नेपालको ३५ औं प्रधानमन्त्री चुनिनु भएको साता दिन पुगेको छ । मुलुकभर मात्र होइन विदेशमा रहेका नेपाली नागरिकका अतिरिक्त विदेशीबाटसमेत राम्रो अपेक्षा गरिएका प्रधानमन्त्री भट्टराईले एक सातासम्म मन्त्रिपरिषद विस्तार गर्न नसक्नुले दाँतमा ढुंगा लाग्ने संकेत देखिइसकेको छ ।

अझ सत्ताकै लागि आफै बसेको घर फोरेर टुक्रा टुक्रामा विभाजन गर्न पछि नपर्ने मधेशी दलको चित्त बुझाउन मन्त्रालय फुटाउन सहमति जनाउनु उहाँ जस्तो आदर्शको राजनीति गर्छु भननेलाई कत्तिको सुहाउने विषय हो ? मुस्ताङ गाडीको सयर, राज्य संयन्त्रलाई… read more »
Posted on: September 3rd, 2011

तीजको लहर आयो बरिलै...

By Rupa Khadka viewed : 1729 times

हिन्दु महिलाहरुको महान् पर्ब तीज आउन अब केही दिन मात्र बाकी छ । तीज भन्नासाथ दरको याद आउने गर्दछ । तर, अहिले त दर भन्दा बढी याद गीतको आउने गर्दछ । टेलिभिजन र रेडियोहरुमा घन्किएका तीजे गीतले माहौल नै त्यस्तै सिर्जना गरिदिएको छ । एल्बमले बजार उस्तै पिटेको छ । लाइभ कन्सर्ट पनि चल्न थालेको छ अचेल त । तीजे गीतको कुरा गर्दा झण्डै दुई दशक अघिको नेपाली चलचित्र कन्यादानको यो भाका अझै झलझली याद आउछ—

गाउँ शहर खुलेर दिदी र बहिनी,
नाचौ
न… read more »
Posted on: August 22nd, 2011

पूर्व राजालाई क्यामेरामा कैद गर्दा

By Anupa Shrestha viewed : 1929 times

अधिकांस संचारगृहरु  श्रोता , दर्शक तथा पाठकले रुचाउने , सहना गर्ने सामग्रीमा अरुको भन्दा भिन्न र विशेष प्रस्तुति पस्कन चाहन्छन् । यसै क्रममा ती कुनै न कुनै रुपमा आफ्नो बर्चस्व कायम गर्ने कोसिसमा निरन्तर  लागिरहेका हुन्छन् । वास्तवमा सही समयमा सही सूचना दर्शकलाई दिन पाँउदा संचारगृहरुले मात्र हैन संञ्चार कर्मीले पनि गर्व महसुश गर्छन् ।
 यसै क्रममा इमेज च्यानल टेलिभिजनमा पूर्व राजा ज्ञानेन्द्रको नेपालगञ्ज बागेश्वरी मन्दिरको भ्रमणको अवसरमा अन्तरवार्ता लिई विशेष कार्यक्रम बनाउने योजना बनाईयो । सो योजना सफल नै हुन्छ भन्ने निश्चय भने थिएन,… read more »
Posted on: August 19th, 2011

होसियार ! बढ्दैछन् मानसिक रोगीहरु

By Komal Shrechan viewed : 1242 times

मान्छेलाई सबैभन्दा बढी भर मान्छेकै हुन्छ । अनि डर पनि मान्छेकै हुने रहेछ । सामान्य जीवनमा यस्ता अनेक परिस्थितिको सामना गरिरहनुपर्ने अवस्था आइलाग्छ, जसले मान्छेको परिभाषामा द्धिविधा सिर्जना गरिदिन्छ । तपाईंहरुलाई पनि अनेकखाले हिंसात्मक गतिविधिका समाचारहरु हेर्न, सुन्न र पढ्न पर्दा यस्तै लाग्दो हो । मलाई पनि त्यस्तो भएको छ कैयन पटक । पेशा नै पत्रकारिता अनि कामै समाचार पढ्ने भएकोले यस्ता अनेक खवरले बेलाबेलामा नराम्ररी विथोल्ने गर्दछ । अनि कहिलेकाहीँ समाचार बनाउदा यस्तो विषय पर्छ, जसले पछिसम्म पनि पछ्याइरहन्छ । मानसिक रोगसम्बन्धी एउटा रिपोर्टले… read more »
Posted on: August 12th, 2011

बित्थैमा बित्यो छ महिना

By Mahendra Bista viewed : 524 times

प्रधानमन्त्री झलनाथ खनालको छ महिने कार्यकालको सबैभन्दा बढी समय मन्त्रिपरिषद् गठन र पुनर्गठनमै बित्यो । २०६७ साल माघ २० गते संसदबाट प्रधानमन्त्री चुनिएको तीन दिन पछि २३ गते उहाँले सानो आकारको मन्त्रिपरिषदसहित सपथ र पदबहाली गर्नुभयो । त्यसको ४ दिनपछि मन्त्रिपरिषदको दोस्रो विस्तार गर्नुभयो भने एक महिना नबित्दै तेस्रो । यो श्रृंखलालाई तेज गतिमा अघि बढाउदै उहाँले मन्त्रिपरिषदको चौथो विस्तार दुइ साता नबित्दै र अर्को विस्तार त्यसको तीन सातामै गरिदिनुभयो । चैत महिनासम्मको दुर्इ महिना अवधिमा पाँच वटा बिस्तार भ्याइसक्नुभएका प्रधानमन्त्री खनालले २०६८ सालको बैशाख… read more »
Posted on: August 5th, 2011

तलब आधा काम ज्यादा

By ????? ????? viewed : 678 times

गीतामा भनिएको छ— कर्म गर फलको आशा नगर । हाम्रा निजामती कर्मचारीको शास्त्रमा चाहिँ शायद कर्म नगर फलको मात्र आशा गर भन्ने लेखिएको छ कि जस्तो लाग्यो मलाई तिनको ताल हेर्दाखेरि । यसपटकको बजेटमा कसैलाई फलिफाप भएको छ भने निजामती कर्मचारीलाई नै भएको छ । जनताको गाँस कटाएर तिनको तलव सरकारले एकै पटक ४२ प्रतिशतसम्म बढाइदिएको छ । त्योसँगै पोशाक भत्ता दिएको छ । तर, यिनको ताल हेरौं न, खुरुखुरु काम गर्नु त कता हो कता तलव पुगेन भन्दै आन्दोलनको नौटंकीमा पो उत्रेका छन् बा… read more »
Posted on: July 21st, 2011

हरियो चुरा र मेहन्दीको मौसम

By ????? ????? viewed : 749 times

साउनको पहिलो सोमबार बिहानै पशुपतिनाथको मन्दिर पुग्दा मनै आल्हादित भयो । हरियो चुरा, हरियै बस्त्र र हत्केलाभरि मेहन्दीले सजिएका किशोरी, युवती र प्रौढ महिलाको भीड देख्दा हिन्दु संस्कार, संस्कृति र विश्वासप्रतिको गौरव झन गाढा भयो । बोलबमका पहेँला बस्त्रधारीहरुको ताँतीले झन उल्लास दियो । त्यसमाथि पशुपतिको लाइन र बोलबमको ताँतीमा पुरुषहरुको पनि सरावरी उपस्थिति देख्दा अझ रोचक लाग्यो । अव साउन महिलाको मात्र महिना रहेन ।

वास्तवमा साउन महिना धार्मिक, साँस्कृतिक र प्राकृतिक हरेक दृष्टिले महत्वपूर्ण छ । हरेक उमेरका ब्यक्तिलाई यसले आकर्षित गर्दछ ।… read more »
Posted on: July 18th, 2011

फेसबुक र नेपाली भाषा

By Nirmal Gyanwali viewed : 1836 times

“यो त मेरो झन्डै १०-१२ बर्ष अगाडिको स्कुलको दुश्मन पो हो त ! ल आज कहाँबाट यहाँ टुप्लुक्क आइपुग्यो?”

“अब एड गरौँ की नगरौँ ? परियो दोधारमा.......”

यो फेसबुकले पनि कमाल नै गर्छ बा, कहिले जमानामा तीन-चार कक्षा पढ्दा देखिका साथीलाई पनि खोजी-खोजी छेउमै टुप्लुक्क ल्याएर राखिदिन्छ भन्या । यसले मान्छे जन्मेदेखि को-को कँहा-कँहा भेट्छन्? के-के गर्छन? भन्ने सबै तथ्यांक राख्या छ की क्या हो? अहिले हेर्नुस न, यो मेरो बच्चै देखिको दुश्मन, स्कुल पढ्दा छुट्टी भैसकेपछि जहिले उस्को र मेरो स्कुलको चौरमा फाइट पर्ने । आज यस्ले कहाँ… read more »
Posted on: July 14th, 2011

एनिमल फार्मजस्तो नेपाली राजनीति

By Mahendra Bista viewed : 1658 times

साँच्ची तपाईंले एनिमल फार्म पढ्नुभएको छ ? पढनु भएको छैन भने पढ्नोस् । पढ्नुभएको छ भने संझनोस्, साच्चिकै आनन्द लाग्छ वास्तविक तत्वबोध भएजस्तै ।
नेपाली राजनीतिको अहिलेको विचित्र अवस्था र नेपाली नेताहरुको मनमौजी ताल देखेर बेला बेलामा खुवै दिक्क लाग्ने गर्दछ । कहिलेकाँही त यति बढी झोंक चल्छ कि यसको नामै नलिउँ जस्तो लाग्छ । तर, गर्ने के ? यसले यति सारो गाँजेको छ कि यसमा न रम्न सकिन्छ न यसबाट भाग्न नै । फेरि यसले नछोएको ठाउँ पनि त छैन ।
राजनीतिले नराम्ररी… read more »
Posted on: July 10th, 2011

तीजको -याप

By ????? ???? viewed : 1194 times

यसपालीको भदौ १४ खास हुनेवाला छ । तपाईं ठान्नु होला संविधान सभाको म्याद थपिने भएर वा नथपिने भएर खास हुने वाला छ भनेर । सवाल राजनीतिको होइन संस्कृतिको हो । पुरुषको होइन महिलाको हो । हो, यसपालीको भदौ १४ नेपाली महिलाको महान पर्व तीजको दिन हो । मजाले लाउने......मस्त खाने........बेस्सरी नाच्ने.....। त्यो पनि झ्याउरे भाकामा बरिलैको लेग्रो तानेर हैन, -यापमा....लेट्स ह्याब अ सेलिब्रेसन, दिस इज आवर ट्रेडिसन... भन्दै उही चिरपरिचित गायिका कोमल वलीसँग । लाग्छ नेपाली शहरमा अब शिला की जवानीको पनि केही चल्नेवाला छैन… read more »
Posted on: July 7th, 2011

लोडशेडिंग जात्रा

By Nirmal Gyanwali viewed : 3734 times

थुइक्क ! आज पनि घराँ लाइन रहेनछ ! यसो काम गरौँ भनेर त्यत्रो बाटो  रुझ्दै-रुझ्दै हतार-हतार गर्दै आको, धत  बिद्युत प्राधिकरण ! यिनीहरुलाई  पानी भए नि नहुने, नभए नि नहुने । काठमाडौंनै डुबाउला जस्तो गरेर यत्रो  ठूलो पानी पर्दा पनि लाइन छैन।  यस्तो बाढीनै आको बेलामा त पक्कै पनि लाइन  होला नि भनेर रुझ्दै रुझ्दै आको, यता त टोलै मसानघाट जस्तो अन्धकार रैछ ।

अस्ति लाइन आको मौका छोपेर एउटा युरोपको पुरानो साथीसँग फेसबुकमा च्याट  गरेको,  हाम्रो देशको स्थिति देखेर भन्दै थियो - नेपाल जस्तो… read more »
Posted on: July 5th, 2011

म आमा किन बन्ने ?

By Anupa Shrestha viewed : 3029 times

आमा बन्नु कि टेलिभिजन पत्रकार? यो प्रश्न अरुका लागि सामान्यजस्तो लाग्ला, तर टेलिभिजन पत्रकारितामा संलग्न महिलाका लागि अति नै पेचिलो र चुनौतीपूर्ण रुपमा रहेको विषय हो । नेपालमा श्रव्यदृश्य पत्रकारितामा प्रवेश गरेका कतिपय महिलालाई अहिले यही सवालले निकै चिमोटिरहेको पनि छ ।
प्रकृतिको बरदानस्वरुप प्राप्त गर्भ र त्यससंग गांसिएको मातृत्व एकातिर र टेलिभिजन पर्दाले चाहने सदाबहार शारीरिक चुश्तता अर्कोतिर
! पहिलोलाई नछान्दा प्रकृतिप्रति अन्याय हुने र दोश्रोलाई हेक्कामा नराख्दा पर्दाको गरिमा हराउने!
नेपालमा टेलिभिजन संञ्चार क्षेत्रको विकाससंगै यसमा महिलाको  सहभागिता बढेको र भूमिका… read more »
Posted on: July 4th, 2011

नानो र नानू

By Mahendra Bista viewed : 952 times

ल भन के छ आजको हट न्युज ? राम्रोसँग हेल्मेट राख्न पनि नभ्याउँदै फेरि उनले पनि उही न्युजको चासो लिइन् । साताभरि न्युजको भागदौडले हैरान भएर शान्तसँग विकेण्ड मनाउन पुगेको बेला फेरि उही न्युजको नाम सुन्नुपर्दा एकछिन त म हैरानै भएँ । घर गयो घर पिडालु, बन गयो बनै पिडालु, ससुराली गएको त झन बाह्र हातको पिडालु भनेजस्तै भयो मलाई । भनेँ— केही छैन । ल पत्रकार महोदयलाई थाहै रहेनछ । म भन्दिउँ ? नयाँ खवर सुनाउन उनी पो तम्सिइन् । ओके डियर, सुनौं न… read more »
Posted on: July 4th, 2011

अति भएपछि खति हुन्छ भन्छन्....

By ????? ??????? viewed : 592 times

सहनु ,सहनु अति नसहनु । नेपाली भाषामा यस्ता कैयन उखान छन् , जसले  नेपालीका जीवनमा सोझै प्रभाव पार्ने गर्दछन् । नेपाली नागरिकको पहिलो  पहिचान भनेकै सहनशीलता हो । सहनु नेपालीको नियती नै बनिसकेको छ । सहनुको हद  कति हुन्छ । सहनु केका लागि । सहनु कसका लागि । सहनु किन देशसँग नजोडिएपछि  । सहनु किन आफ्नै जीवनसँग अर्थ नबोकेपछि । सहनु किन ?

२०४६ अघि  शासकले र पछि राजनीतिक दलहरुले नागरिकमाथि अति अति अति नै गरे । ग्रिरहेका  छन् । जनताका नाममा राजनीतिको भाषण… read more »
Posted on: July 3rd, 2011