पूर्व राजालाई क्यामेरामा कैद गर्दा

By Anupa Shrestha viewed : 3003 times

अधिकांस संचारगृहरु  श्रोता , दर्शक तथा पाठकले रुचाउने , सहना गर्ने सामग्रीमा अरुको भन्दा भिन्न र विशेष प्रस्तुति पस्कन चाहन्छन् । यसै क्रममा ती कुनै न कुनै रुपमा आफ्नो बर्चस्व कायम गर्ने कोसिसमा निरन्तर  लागिरहेका हुन्छन् । वास्तवमा सही समयमा सही सूचना दर्शकलाई दिन पाँउदा संचारगृहरुले मात्र हैन संञ्चार कर्मीले पनि गर्व महसुश गर्छन् ।
 यसै क्रममा इमेज च्यानल टेलिभिजनमा पूर्व राजा ज्ञानेन्द्रको नेपालगञ्ज बागेश्वरी मन्दिरको भ्रमणको अवसरमा अन्तरवार्ता लिई विशेष कार्यक्रम बनाउने योजना बनाईयो । सो योजना सफल नै हुन्छ भन्ने निश्चय भने थिएन, अन्तरवार्ता मिल्न या नमिल्न  सक्ने सम्भावना दुवै थियो ।
नेपालगञ्ज भ्रमणको दुई दिन अगाडि इमेज रिपोर्टि∙ टोलीको र्निणय भयो । यसमा क्यामरापर्सन दिलिप पोखरेल , प्रस्तोता / निर्माता गृष्मा राजभाण्डारी र कार्यकारी र्निमाता म अनुपा श्रेष्ठ समाविष्ट थियो । कार्यक्रमको टिम लिडरको रुपमा कार्यलयले मलाई चयन गरेलगतै मैले एउटा दवावको अनुभूति गरे , मनमनै निर्णय गरें, कुनै पनि हालतमा विशेष अन्तर्वार्ता, एक्सकुल्सिभ ईन्टरभ्यू लिनै पर्छ ।
टिम लिडरको भूमिका कसरी निर्वाह गर्ने भन्ने विषयमा मसंग त पूंजी भण्डार नै थियो । गुरुहरुले मलाई सिकाउनु भएका अनेक पाठ थिए, विगत दश वर्ष देखि सानो र ठूलो टिमलाई नेतृत्व गर्ने प्रत्यक्ष अभ्यासको अनुभव मेरा औंलामा, मुखमा र मस्तिष्कमा ताजा थिए । तर, पनि मलाई किन असजिलो आतुरता हो वा दवावको अनुभूति भयो ? मलाई असफलता देखि निकै डर लाग्छ सायद त्यसैले होला । उत्कृष्ट उत्पादन गर्ने मभित्रको महत्वाकांक्षाले पनि तर्साएको हुनसक्छ । हुन त कहिले काहीं आफूलाई निकै डरछेरुवा जस्तो नलाग्ने पनि होइन मलाई । कस्ता कस्ता ठूला ठूला जिम्मेवारी लिई नेतृत्व दिइरहेका व्यक्तिहरु त असफलता देखि दराउँदैनन् भने म चाहि किन यस्तो डराउने होला खै ? भन्ने प्रश्न समयसमयमा उठ्ने हराउने गर्थ्यो  ।
वि।सं। २०६६ साल जेष्ठ ९ गते आईतबार त्रिभूवन अन्तरराष्ट्रिय विभानस्थलको आन्तरिक उडान कक्षमा नेपालगञ्जको उडानको लागि प्रतीक्षा गरी  रहदा हामी एक्सकुल्सिभ ईन्टरभ्यू कसरी लिने छलफल गरी रहेका थियौ । हुन त राजाको स्वकिय सचिव सित कुरा भएकै हो, अन्तरवार्ताको लागि तर सबै मिडियाले एकै पटक क्यामरा तेर्साए भने त के को एक्सकुल्सिभ ईन्टरभ्यू होला र भन्दै थियौ ।
यसैबीच टाढाबाट एउटा न्युज च्यानलका सामाचार प्रमुख आउँदै गरेको देख्यौं । उहाँले न्युज रिडरको रुपमा इमेज च्यानलबाट केरियर शुरु गरेकोले हामी सबैको परिचय राम्रो संग थियो । उहां मेरो नजिक आउनु भयो अनि “नमस्ते दिदी तपाई पनि आउनु भयो भन्दै आश्चर्य र शंकाशपद दृष्टिले हेर्नु भयो” । मैले त्यो हेराईबाट बुझे कि उहाँलाई लाग्यो , हाम्रो पूर्व राजा सित अन्तरवार्ताको समय मिलिसकेको छ । त्यस पछि उनले हाम्रो साथ छोडेनन् ।
उडानको समय हुन लाग्यो पूर्वराजा ज्ञानेन्द्र पनि सोही उडानका एक यात्रु हुनुहुन्थ्यो । हामीले पूर्व राजा सहितको टोलीको आगमनको जानकारी पायौं । जानकारी पाए लगतै हामी पुर्व राजाका स्वकीय सचिव सागर तिमलसिनालाई भेट्न हिडयौं , हाम्रो पछि पछि लाग्नु भयो अर्को न्युज च्यानलका समाचार प्रमुख पनि ।, गृष्माजीले सागर तिमलसेनासित अन्तरवार्ताको व्यवस्था मिल्छ हैन सर भन्दा उत्तर आउछ “एक पटक सरकारलाई अन्तरवार्ताको कुरा विमानमा जाहेर गर्नु” भन्नुभयो ।
त्यसपछि हामीले विमान स्थल नजिकै कार्यक्रमको ओपनिङ्ग प्रेजेन्टेसन ग-यौं । उद्घोषण हामीले के सकेका थियौं बोडिङ्र्गको समय घोषित भयो । सब भन्दा पहिले राजा सहितको टोलीको प्रवेश भयो, तत्पश्यात् बांकी यात्रुको र अन्तमा भने हामी सबै काठमाडौंबाट नेपालगञ्ज जाने मिडिया पर्सनहरुले पनि विमान भित्र प्रवेश ग-यौं ।
उडानको केही समय पछि हामीले अन्तरवार्ताको समय मिलाउन अग्र पंक्तिमा बसेका पूर्व राजासंग भेट्न खोज्यौं तर हामीले भेट्ने अनुमति पाएनौं । त्यसपछि हामीले सल्लाह ग-यौं र जुक्ति निकाल्यौं । मैले हतपत मेरो भिजिटिङ्ग कार्ड झिके, गृष्माजीले कलम अनी उहाँले भिजिटिङ्ग कार्डको पछाडि लेख्नु भयो “Sir I want to talk to you for a few minutes, please” त्यसपछि वल्ल वल्ल त्यो कार्ड हामीले उहाँको हातमा पुग्ने व्यवस्था मिलायौं ।
भिजिटिङ्ग कार्डले रमाइलो नै गर्यो । तुरुन्तै पूर्व राजाले भेट्न स्वीकृति दिनुभयो । त्यसको लगत्तै पछि गृष्माजी भेट्न जानुभयो । गृष्माजीले उद्घोषण गर्दाको माइक्रोफोन अन थियो र  हामीले हेडफोनमा सुन्यौ पूर्व राजा भन्दै हुनुहुन्थ्यो “अनुपा हो ?” गृष्माजीले भन्नुभयो “हैन म गृष्मा” ,। त्यसपछि गृष्माजीले भन्नुभयो हामी तपाईको अन्तरवार्ता लिन काठमाडौं देखि आएको अन्तरवार्ताको लागि समय पाँउ , त्यसपछि पूर्व राजाको जवाफ थियो , नेपालगञ्जमा समय मिलाउला, हैन भने फर्कदा प्लेनमा नै ईन्टरभिउ दिनेछु ।
हामी ३ जना ढुक्क भयौ एक्सक्लुसिव   ईन्टरभिउ लिन पाउने भयौ भनेर । तर यो अनुभूति धेरै बेर भने टिकेन । नेपालगञ्जमा विमान अवतरण गरे लगत्तै त्यहाँको भिड , पत्रकारको धुइचो बागेश्वरीको ठेलमठेल, पत्रकार र पूर्व राजाको शुभ चिन्तकहरुले पुरै भरिएका स्नेहा होटेल देखेपछि हाम्रो विशेष अन्तरवार्ताको संभावना बाफ सरह उड्दै गएको हो । झन् त्यस माथि हुनुहुन्थ्यो हाम्रो कदम कदममा  पछ्याउने काठमाडौ देखि हाम्रो कृयाकलापलाई नियालिरहनु भएका प्रमुख समाचारदाता । उनी संग पिछा छोडाउन अनेकौ नाटक ग-यौ हामीले , कहिले काँही त लाग्थ्यो हामी टिभिकालाई एक्सक्लुसिव ईटरभिउ लिन आएका होइनौ कि, कहीं कलाकार पो हौं कि ? 
  हामीले पटक पटक स्वकिय  सचिव सागरजी सित अन्तरवार्ताको समय मिलाउन घच्घचाइनै रहयौ । बल्ल बल्ल खबर आई पुग्यो “राजाले बोलाई बक्सिएको छ” भनेर । खबर पाए लगतै गृष्माजी जानु भयो ,केही क्षण पछि दिलिपजी र अन्तमा मैले पूर्व राजा ज्ञानेन्द्रको कोठामा प्रवेश गरें ।
नेपालगञ्जको जेठको गर्मी , कूलरले खासै चिसो बनाएको त थिएन, कोठामा आवज भने निकै ठूलो थियो । पूर्व राजाले हामीलाई जम्मा १५ मिनेटको समय दिनुभयो । हामीले काठमाण्डौ देखि मल्टीपल क्यामरा प्रडक्सनको लागि तयारी गरेका थियौं । दुईवटा क्यामरा मिलाउन, माइक टेष्ट गर्न र सुटिङ्ग शुरु गर्न ५/७ मिनेट त कम्तीमा लाग्छ तर थोरै समय भएकोले दिलिपजीले पूर्व राजालाई माइक लगाइ दिनुभयो र मैले पनि  अडियो चेक गर्नु  अनि क्यामरा रोल गरी हाल्नु भने ।
हाम्रो  योजना अनुसार वाइडमा क्यमरा फिक्स गर्ने अनि पूर्व राजाको सट् भने दिलिपजीले खिच्ने थियो । दिलिपजीले अडियो ठीक छ भन्ने संकेत दिए लगत्तै अन्तरवार्ता शुरु गर्ने इशारा मैले गृष्माजीलाई गरें र हतार हतार वाइड सट्मा विना टाईपड मैले क्यामरा चलाए । हुन त म प्रोफेसन क्यामरा पर्सन होइन तर मैले छायाङ्कन गर्नु पर्ने स्थिति सृजना भयो । विना ट्राइपड खिच्न त शुरु गरे तर गर्मीले पसिना तपतप चुहिरहेको थियो, हात गलेर निकै गा-हो भईसकेको थियो र मनमा अनेकौं प्रश्न उब्जिरहेको थियो ।
यस्तो ठूलो कूलरको आवाजमा अडियो राम्रो आउने होकी होइन ? आफूलाई त सक्भर राम्रो खिच्ने कोशिश गरीरहेछु जस्तो लागिरहेको छ , खिचाई राम्रो हुने हो की  होइन आदि । क्यामरा समातेको हात झन् झन् दुख्दै गए पछि विस्तारै नजिकको मेचमा कुइनोलाई अडाएर खिच्न थाले । १५ मिनेट विति सक्यो अन्तरवार्ता सिद्धिएको छैन । कुनै कुनै प्रश्नको जवाफमा थप प्रश्न यस्तो राखि दिए हुन्थ्यो जस्तो लागिरहेको थियो साथै समय सकियो भनेर बीचैमा अन्तरवार्ता बन्द हुनेपो होकी भन्ने डर पनि थियो ।
तर  अन्तरवाता २५ मिनेट भयो र अन्तवार्ता सिद्धिएपछि हामी तीनै जनाले पूर्व राजालाई धन्यवाद दियौं र कोठाबाट निस्क्यौं । कोठा बाहिर पत्रकारहरुको भिडले अरुहरुले पनि अन्तवार्ता लिन पाउनु पर्छ भन्दै हल्ला गरिरहेका थिए । काठमाडौँ देखीसंगै आएका आर्को संचार गृहका समाचार प्रमुख भने रीसले रातो पिरो देखिनु हुन्थ्यो । हामी ३ नै जनाले प्रतिस्पद्र्धात्मक दौडमा बाजी जितेर आएको टोलीको जस्तो अनुभुति गरिरहेका थियौं । हाम्रो खुशीको त सीमा नै थिएन ।
मलाई त अझ तुरुन्त काठमाण्डौं आउन र कार्यक्रम सम्पादन गरी प्रशारण गर्न हतार भई सकेको थियो । तर सोचेको जस्तो कहाँ हुन्छ र ? खराब मौसमका कारण त्यो दिन हाम्रो उडान रद्द भयो र हामी स्नेहा होटेलमा नै बस्यौं । त्यो रात मैले फेरी मेरो गुरु र अग्रजलाई सम्झे कुनै पनि टोलीलाई नेतृत्व गर्नु भनेको त्यो टोलीले गर्ने कार्यलाई कुसलतापूर्वक/प्रभावकारीतापूर्वक सम्पन्न गर्न आफूले कुनै पनि भुमिका निर्वाह गर्न पछि पर्नु हुदैन ।
साँच्चै नै यो अन्तरवार्ताले मलाई अझ बढी आफ्नो कार्य प्रति जिम्मेवार बनाएको अनुभुति गरें । विहानको किरणसँगै हामी काठमाण्डौ फर्कौ र विभान स्थलमाबाट म सिधैं सम्पादन कक्षमा छिरी , भिज्वल एडिटर उदय पौडयलको  सहयोगमा कार्यक्रम सम्पादन गरे । जब कार्यक्रम जेष्ठ ११ गते प्रसारण भयो र प्रशारण पश्यात् भोलि पल्ट अधिकाशं चर्चित खबर पत्रिकाहरुले सो अन्तरवार्तालाई हुबहू प्रकाशित गरे तव मलाई लाग्यो हाम्रो टोलीले उपत्पादन गरेको सामग्री त वास्तवमा नै विषेश अन्तवार्ता हुनगएछ, त्यसमा पत्रकारहरुका लागि खजाना पो चित्रित भएछ ।



Posted on: August 19th, 2011