सुदुरपश्चिममा हुन गईरहेको छैटौं राष्ट्रिय खेलकुद विवाद मिल्यो
Published on: - 17 minutes ago , ID: 11638
सुदुरपश्चिममा हुन गईरहेको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अनियमितता भएको भन्दै आन्दोलीत राजनीतिक दलका भातृ संगठन र राष्ट्रिय खेलकुद परिषदविचको विवाद मिलेको छ । प्रतियोगिताको खर्च अपरादर्शी भएको, विभिन्न तयारी समितिहरुमा एकतर्फी रुपले माओवादी कार्यकर्तालाई मात्रै राखिएको भन्दै अन्य राजनीतिक दलका भातस संगठन र युवा संघ आन्दोलित भएका थिए ।
धनगढिमा हिजो साँझ भएको [...] read more
धार्मिक पदयात्रा मिथिला पञ्चकोशी मध्यमा परिक्रमा जनकपुरबाट शुरु
Published on: - 10 minutes ago , ID: 11637
नेपालकै सबैभन्दा लामो दूरीको धार्मिक पदयात्रा मिथिला पञ्चकोशी मध्यमा परिक्रमा जनकपुरबाट आज विधिवत शुरु भएको छ । प्रत्येक वर्ष फाल्गुन शुक्ल प्रतिपदा तिथिदेखि हनुमान गढिबाट शुरु हुने मिथिला मध्यमा परिक्रमा, नेपाल र भारतको विभिन्न धार्मिक स्थलहरुको १५ दिनसम्मको परिक्रमा पछि फाल्गुण पूर्णिमाको दिन पुनः जनकपुर धाम आइपुगी सम्पन्न हुने परम्परा छ । नेपाल र भारत विहारको विभिन [...] read more
बारम्बार भुकम्प जाँदा ढुङ्गा खस्न थालेपछि असुरक्षाको महसुस गर्दै विस्थापित
Published on: - 44 minutes ago , ID: 11636
ताप्लेजुङलाई केन्द्र बनाएर वारम्वार साना ठुला भुकम्प जान थालेपछि गाउँ माथिको पहिरो झर्ने डरले ताप्लेजुङ कालिखोला गाविसका एकै वडाका एघार घर परिवारले गाउँनै छाडेका छन् । गाउँ माथिको पहिरो चर्किएको र कुनैपनि बेला झर्न सक्ने भन्दै उनीहरुले गाउँ छाडेका हुन् । गत असोज १ गते गएको शक्तिशालि भुकम्पले पुरै पहिरो चर्काएको र बारम्बार भुकम्प जाँदा ढुङ्गा खस्न थालेपछि असुरक्षाको महस [...] read more
च्याम्पियन्स लिग फुटबलमा फ्रान्सको मार्से र स्विजरल्याण्डको एफसी बासल विजयी
Published on: - 3 hours ago , ID: 11635
युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत गएरातीका खेलहरुमा फ्रान्सको मार्से र स्विजरल्याण्डको एफसी बासल विजयी भएका छन् । फ्रान्समा भएको खेलमा घरेलु टोली ओलम्पीक मार्सेले ईटालीको ईन्टरमिलानलाई १-० ले हरायो । खेलमा मार्सेलाई विजयी गराउन एण्ड्रिउ आयुले निर्णायक गोल गरे । गएराती नैं भएको अर्को खेलमा स्विजरल्याण्डको एफसी बासलले जर्मनीको बायर्न म्युनीखलाई १-० ले ह [...] read more
अर्जेन्टिनामा तिब्र गतिका कारण रेल दुर्घटना हुँदा ४९ जनाको मृत्यु, ६ सयभन्दा बढी घाईते
Published on: - 3 hours ago , ID: 11634
रेलमा च्यापिएका यात्रुको उद्धारकार्य जारी
अर्जेन्टिनामा रेल दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ भने ६ सयभन्दा बढी घाईते भएका छन् । राजधानी ब्युनस आर्यसको व्यस्त रेलवे स्टेशनमा भएको दुर्घटनाको कारण खुल्न नसकेपनि ब्रेक फेल भएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ । ओन्से रेलवे स्टेशनबाट छुटेको रेल स्टेशनकै अर्को छेउमा गएर ठोकिंदा पछिल्लो ४० वर्ष यताकै भयानक दुर्घटन [...] read more
आकाशेपुल प्रयोग नगर्नेलाई कारवाही
Published on: - 55 minutes ago , ID: 11633
सडक पार गर्दा आकाशेपुलको प्रयोग नगर्नेलाई आजवाट ५० रुपैया जरिवाना गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज देखि सुन्धारा, भोटाहिटी र रत्नपार्कको रणदीप आकाशेपुलमा अनुगनसँगै कारबाहीका लागि प्रहरी खटाउने भएको छ । कारबाही आज विहान ७ बजेदेखि साँझ ६ बजेसम्म गरिने ट्राफिक महाशाखाले जनाएको छ । व्यस्त सडक पार गर्नका लागि आकाशेपुलको प्रयोग नगर्दा सडक दुर्घटना बढी हुने ग [...] read more
ईजीप्टका पुर्व राष्ट्रपति मुबारकको ६ महिनादेखी चलेको सुनुवाई सकियो
Published on: - 49 minutes ago , ID: 11632
मुद्दाको अन्तिम फैसला आगामी जुन महिनामा हुने ।
इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारक बिरुद्धको मुद्दाको फैसला आगामी जुन महिनामा हुने भएको छ । गत अगष्ट देखि चलिरहेको मुद्दामा हिजो अन्तिम सुनुवाई भएपछि न्यायाभिशहरुले आगामी जुन महिनामा फैसला सुनाउने बताएका हुन् । गत बर्ष इजिप्टमा सरकार बिरोधी प्रदर्शनका क्रममा सयौं प्रदर्शनकारीको मृत्युको दोषी ठहर गर्दै उनी बिरुद्ध [...] read more
तिब्बती शरणार्थिलाई नेपालले वहिर्गमन भिसा दिनुपर्ने अमेरीकी सांसदहरुको दवाव
Published on: - 4 hours ago , ID: 11631
नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्राचार गरेको खुलाशा ।
अमेरिकाका तीन प्रभावशाली सांसदले नेपालस्थित तिब्बती शरणार्थीलाई तेस्रो मुलुक प्रवेशका लागि बहिर्गमन भिसा उपलब्ध गराउन दवाव दिएको खुलाशा भएको छ । अमेरिकी कंग्रेसको मानव अधिकार समितिका पदाधिकारी समेत रहेका सांसदहरु जेम्स म्याकगभर्न, फ्रयांक उल्फ र जो पिट्सले नेपालका राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन [...] read more
खस क्षेत्री एकता समाज आदिवासीद्धारा आज पूर्वाञ्चल वन्दको आह्वान
Published on: - 4 hours ago , ID: 11630
वन्दका कारण जिल्लाको जनजिवन प्रभावित
खस क्षेत्रीलाई आदिवासी जनजातिको सूचीमा सुचीकृत गरिनुपर्ने लगायत ९ वुंदे माग राख्दै खस क्षेत्री एकता समाज आदिवासी जनजातीले आज पूर्वाञ्चल वन्दको आह्वान गरेको छ । वन्दका कारण पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, झापा, तेह्रथुम, सुनसरी, लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्दकै कारण यि जिल्लाहरुमा यातायातको साधन सञ्चालनमा आउन सकेक [...] read more







