ग्यास उद्योगमा मन्त्रीको छापा
Published on: - 17 hours ago , ID: 11622
पेट्रोलियम पदार्थमा कालोबजारी भैरहेको आशंकामा वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आफैं बजार अनुगमनमा जाने क्रमलाई तीब्रता दिनुभएको छ । मन्त्री भट्टको टोलीले आज भक्तपुरको साँगास्थित गौरी शंकर ग्यास उद्योगमा छापा मारेको छ । अनुगमन टोलीले उक्त उद्योगमा हिमाल ग्यासका भरिएका थुप्रै सिलिण्डर लुकाएर राखिएको भेटेको थियो । सीलबन्द ग्यास सिलिण्डर तौलिंदा हरेकमा २ सय ग्राम [...] read more
सुनको भाउ एकै दिन तोलामा ६ सयले बढ्यो
Published on: - 17 hours ago , ID: 11621
बुधबार स्थानीय बजारमा सुनको भाउमा एकै दिन तोलामा ६ सयले बढेको छ । अघिल्लो दिन तोलाको ५४ हजार १ सयमा कारोबार भएको सुनको भाउ यस दिन तोलामा ६ सय रुपैयाँले बढेर ५४ हजार ७ सय पुगेको हो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा पनि सुन महँगिएको हो । नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार यस दिन प्रति दशग्राम सुनको मूल्य ४६ हजार ८ सय ९५ रुपैयाँ तोकिएको हो । यस दिन तेजाबी सुनको भ [...] read more
महासंघका अध्यक्ष वैद्य र आईएलओ देशिय निर्देशकबीच भेटवार्ता
Published on: - 17 hours ago , ID: 11620
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यसंग अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का नेपालका लागि नव नियुक्त Country Director जोश अशालिनो (Jose Assalino) ले बुधबार महासंघ सचिवालयमा भेटवार्ता गर्नुभएको छ । सो अवसरमा अध्यक्ष वैद्यले नेपालको विद्यमान स्थिति, रोजगारदाता र कामदारहरु बीचको सम्बन्ध र सामाजिक आर्थिक विकासमा रहेका चुनौतिका वारे विस्तृत जानकारी गराउनुभएको जनाइएको छ । साथै महास [...] read more
नेशनल लाईफ इन्स्योरेन्स जलविद्युत, संचार वित्तयक्षेत्रमा लगानी गर्न इच्छुक
Published on: - 17 hours ago , ID: 11619
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जलविद्युत, संचार, वित्त जस्ता आधारभूत क्षेत्रमा लगानी गर्न इच्छुक रहेको वताएको छ । स्थापनाको २५ बर्ष पूरा भएको अवसरमा बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी संस्थाबारे जानकारी गराएको हो । यस बाहेक शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण कार्यमा पनि लगानी गर्न कम्पनी तयार रहेको जानकारी गराइयो ।
कम्पनीको जीबन बी [...]
read more
छाला जुत्ता तथा वस्तु प्रदर्शनी सकियो
Published on: - 17 hours ago , ID: 11618
शुक्रबार देखि राजधानीको राष्ट्रिय सभा गृहमा सुरु भएको राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनीमा ७० हजार भन्दा बढीले अवलोकन गरेका छन् । मेला समापनका अवसरमा बुधबार गरिएको पत्रकार सम्मेलनमा आयोजक नेपाल छाला जुत्ता उत्पादक संघले मेला उत्साहजनक रुपमा सफल भएको जानकारी गराएको हो । मेलामा एक करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको वताइएको छ । यस्तो मेला नेपालका प्रमुख शहरहर [...] read more
होटल व्यवसायी महासंघ स्थापना
Published on: - 17 hours ago , ID: 11617
होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी महासंघ स्थापना भएको छ । बुधबार सम्पन्न एक कार्यक्रमबीच नवगठित महासंघका अध्यक्ष माधब प्रसाद नेपालले महासंघ स्थापनाको आवश्यकता, उद्देश्य र लक्ष्यहरुकाबारे जानकारी गराउनुभयो । उहाँले होटल व्यवसायीहरु असुरक्षित बन्दै गइरहेकोतर्फ ध्यानाकषण गराउनुभयो । नेपालमा ३ लाख होटल व्यवसायीले १२ लाखलाई रोजगारी दिइराखेको जानकारी पनि गरा [...] read more
लोडसेडिङ घट्यो
Published on: - 2 days ago , ID: 11595
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि घटाएको छ । बर्षको सबैभन्दा बढी सुख्खा समय मानिने फागुन महिनाकै समयमा प्राधिकरणले लोडसेडिङ घटाएको छ । चुहावट नियन्त्रण गर्न चालिएको कदमहरु प्रभावकारी भएको दाबी गर्दै दैनिक १३ घण्टा लोडसेडिङ गर्दै आएको प्राधिकरणले लोडसेडिङ दैनिक १२ देखि ९ घण्टामा झारको छ । विहीबार देखि लागू हुने तालिका अनुसार एक दिन ९ घण्टा, दुई दिन १० घण [...] read more
राष्ट्र बैंकले सुनको कोटा बढायो
Published on: - 2 days ago , ID: 11594
नेपाल राष्ट्र बैंकले बैंकहरुबाट खरिद गर्न सकिने सुनको दैनिक कोटा बढाएको छ । स्थानीय व्यापारिहरुले बैंक मार्फत अब दैनिक २० किलो सुन आयात गर्न सक्ने व्यवस्था भएको हो । यस अघि दैकिक १५ किलो मात्र आयात गर्न सकिने व्यवस्था थियो । व्यवसायीहरु भने यो परिमाण पनि माग अनुसार कम भएको बताउँदै आएका छन् । नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्य दैनिक ३५ किलो सुनको [...] read more
नेप्सेमा गिरावट जारी
Published on: - 2 days ago , ID: 11593
यो साताको शुरु पनि शेयर बजार वियरिष ट्रेण्ड बाट नै शुरु भयो । मंगलबार पनि शेयर बजार परिसूचक नेप्से ऋणात्मक रहेर ३ सय ११ दशमलब आठ छ कायम भयो । वित्त बाहेक कारोबार भएका अधिकांश समूहका सूचक ऋणात्मक रहेसंगै नेप्से पनि झरेको हो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा उनासी कम्पनीका ६१ हजार कित्ता शेयर १ करोड १८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । [...] read more







