सडक विस्तार गर्दा सरकारले नीजि सम्पत्तिमाथि हस्तक्षेप गरेको भन्दै काठमाडौंको लाजिम्पाटवासीहरुले आज विरोध -याली निकाले । -यालीका सहभागीहरुले पञ्चायतकालीन सडक मापदण्ड खारेज हुनुपर्ने, सम्पत्तिमाथिको एकाधिकारको रक्षा गर्नुपर्ने, आफ्नो क्षेत्रमा भएको विकास निर्माणमा आफूहरुसँग सहमति गरिनुपर्ने माग गरेका छन् । आ–आफना पसल बन्द गरेर लाजिम्पाट र महारजगंज सडक छेऊका बासिन्दाहरु विरोध -यालीमा सहभागी भएका थिए ।