स्वेच्छीक अवकाश रोज्ने लडाकुहरुको विदाई माघ १७ गतेदेखी

स्वेच्छीक अवकाश रोज्ने लडाकुहरुको विदाई माघ १७ गतेदेखी

माओवादी लडाकुहरुको बारेमा निर्णय गर्न आज विहान बसेको सेना समायोजन विशेष समितिको बैठकले माघ १७ गतेदेखि लडाकुहरुको विदाई गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले लडाकुहरुलाई माघ १७ गतेदेखि विदाई गर्ने प्रस्ताव राखेपछि बैठकले सोही बमोजिम निर्णय गरेको हो । सेना समायोजन विशेष समितिले स्वेच्छिक अबकाशमा जान चाहेकाहरुका लागि ब्यक्तिगत बैंक खातामा रकम पठाउने ब्यवस्था मिलाएको बुझिएको छ । स्वेच्छिक अवकाशमा जानेहरुले दुई किस्ता गरी ५ देखि ८ लाखसम्म पाउने छन् । स्वेच्छिक अबकाशमा जान चाहेकाहरुलाई विदाई गर्ने काममा ढिलाई हुंदा कांग्रेस र एमोलेल माओवादीको नियतप्रति शंका गर्दै आएका थिए ।


यसअघि अवकाश रोज्ने लडाकुहरुलाई तत्काल विदा गर्न माओवादीकै वैद्य पक्षले अवरोध गरेपछि पुर्व निर्धारीत कार्यतालिका अनुसार लडाकु विदाई प्रक्रिया रोकिएको थियो । माओवादीको आन्तरीक विवादको कारण समग्र शान्ती प्रक्रिया अलमलिएको भन्दै विशेष समितिमा कांग्रेस प्रतिनिधी डा रामशरण महत, एमाले प्रतिनीधि ईश्वर पोखरेल लगायतले माओवादीको विरोध गरेका थिए ।यसैविच विवाद समाधान उपसमितिमा सहमति जुटाएका विषयहरुलाई अनुमोदन गर्न संवैधानीक समितिको वैठक सिंहदरवारमा सुरु भएको छ ।




Related News



You may like these titles..



No such news

Featured in front..