फिजीमा बाढी पहिरो

फिजीमा बाढी पहिरो

फिजीमा हालै गएको बाढीपहिराबाट प्रभावित क्षेत्रका जनता स्वस्थ पीउने पानीको अभावमा बिरामी पर्न थालेको छन् । बाढीमा घर बगाएकाहरुलाई फिजी सरकारले अस्थायी शिवीर बनाई राखे पनि पीडितहरु स्वस्थ पीउने पानीको अभावमा बिरामी परेका हुन् । विरामी हुनेहरु मध्ये अधिकांशको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । फिजीमा केही दिनअघि गएको बाढीमा परी छ जनाको मृत्यु भएको थियो भने सयौं घरबारबिहीन बनेको थिए । बाढीका कारण सयौं हेक्टर जमीनमा लगाइएको बालीनाली नष्ट भएको थियो । यसैबीच, फिजी सरकारले बाढीपहिरो पिडीतहरुका लागि पीउने पानी उपलब्ध गराउन बिश्वका धनी राष्ट्रहरु समक्ष अपील गरेको छ ।




Related News



No related news

You may like these titles..



No such news

Featured in front..