उर्जामन्त्री पोष्टबहादुर बोगटीले मध्यमस्र्याङ्दी जलविद्युत आयोजना मर्मतका लागि बन्द हुने भएपनि लोडसेडिङ अहिलेको भन्दा बढी नहुने जानकारी गराउनु भएको छ । रिपोटर्स क्लवले आज राजधानीमा गरेको कार्यक्रममा उहाँले आफू लोडसेडिङलाई दिनको १४ घण्टाबाट बढ्न नदिन लागि परेको भन्दै मध्यमस्र्याङ्दी बन्द रहँदा कुलेखानीबाट बढी उत्पादन गरिने, हेटौंडा र दुहबीमा रहेका डिजेल प्लान्ट पनि संचालन गरिने बताउनु भयो ।
आगामी आईतबारदेखि मध्यमस्र्याङ्दी आयोजनाको मर्मत थालिने र त्यसका लागि आयोजनाबाट ३ साता विद्युत उत्पादन रोकिंदै छ । मन्त्री बोगटीले भारतबाट ३० मेगावाट विद्युत ल्याउने तयारी पनि भईरहेको जानकारी दिनुभयो ।