नुवाकोटमा मिनिट्रक दुर्घटना दुईको मृत्यु, १० घाइते

नुवाकोटमा मिनिट्रक दुर्घटना  दुईको मृत्यु, १० घाइते

नुवाकोटको मदानपुर गाउं बिकास समितिस्थित केउरिनीमा आज मिनिट्रक दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा नुवाकोट चतुराले की साइली तामाङ र मदानपुरका युवराज लामा रहेका छन् । दुर्घटनामा १० जना गम्भिर घाइते भएका छन् । नुवाकोटको बाराहीबाट काठमाडौ आउंदै गरेको बा २ ख ३९ नम्वरको आइचर ट्रक सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ ।




Related News



You may like these titles..



No such news

Featured in front..