यल नेवाः इन्टरनेशनल स्कूलले स्थापनाको पाचौं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा इमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष आरके मानन्धर, संस्कृतिविद् सत्यमोहन जोशी, हास्य कलाकार मदनकृष्ण श्रेष्ठलगायतलाई सम्मान गरेको छ । आज ललितपुरमा भएको कार्यक्रममा नेपाल भाषाको संरक्षण र सम्र्बद्धनमा पु¥याएको योगदानको कदर गर्दै उहाँहरुलाई सम्मान गरिएको हो । यल नेवाः इन्टरनेशनल स्कूलले नेपाल भाषाको संरक्षण, सम्र्बद्धन र जातीय पहिचानको जगेर्ना गर्न भूमिका खेल्दै आएको छ ।