Image Channel Mobile
Home
Listen 97.9 Live | Listen 103.6 Live

सुदुरपश्चिममा हुन गईरहेको छैटौं राष्ट्रिय खेलकुद विवाद मिल्यो

सुदुरपश्चिममा हुन गईरहेको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अनियमितता भएको भन्दै आन्दोलीत राजनीतिक दलका भातृ संगठन र राष्ट्रिय खेलकुद परिषदविचको विवाद मिलेको छ । प्रतियोगिताको खर्च अपरादर्शी भएको, विभिन्न तयारी समितिहरुमा एकतर्फी रुपले माओवादी कार्यकर्तालाई मात्रै राखिएको भन्दै अन्य राजनीतिक दलका भातस संगठन र युवा संघ आन्दोलित भएका थिए ।

धनगढिमा हिजो साँझ भएको वार्तामा प्रतियोगिताका सबै खर्च पारदर्शी बनाईने र तयारी समितिहरुमा पनि सबै दलका प्रतिनिधि सामेल गराउन परिषद सदस्यसचिव युवराज लामाले प्रतिवद्धता जनाएपछि विवदा साम्य भएको हो । आईतवार देखी धनगढी र महेन्द्रनगरमा हुने छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पाँच विकाशक्षेत्र तथा विभागिय टोलीका खेलाडीहरु सुदुरपश्चिम पुग्ने क्रम शुरु भईसकेको छ ।