Image Channel Mobile
Home
Listen 97.9 Live | Listen 103.6 Live

सुनको मूल्य घट्ने क्रममा

काठमाडौं, आश्विन २ । मंगलबार पनि सुनको मूल्यमा सामान्य कमी आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा प्रति दशग्राम छापावाल सुनको मूल्य ५२ हजार अर्थात् तोलाको ६० हजार ६ सय ५३ रह्यो । अघिल्लो दिनको तुलनामा तोलामा २ सय ४५ रुपैयाँले कमी आएको हो । यस दिन नेपाल सुन चाँदी व्यवसायी संघले तेजाबी सुनको भाउ नै दशग्रामको ५१ हजार ७ सय ८५ अर्थात् तोलाको ६० हजार ४ सय दुई तोकेको थियो । यस दिन चाँदीको भाउमा पनि सामान्य कमी आएर तोलाको १ हजार २ सय कायम भयो । अघिल्लो बर्षको यसै दिनको तुलनामा सुनको मूल्य तोलामा ७ हजार रुपैयाँले बढेको हो । २०६८ असोज २ गते स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ५३ हजार ६ सय दुई रुपैयाँ थियो ।