बारा, आश्विन ८ । बाराको कलैयामा आज प्रहरीले एक थान थ्री नट थ्री राईफल सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया नगरपालिका वडा नम्बर १ का गया महतो छन् । अभियुक्तको साथबाट प्रहरीले सो राईफलमा लाग्ने पाँच राउण्ड गोली समेत बरामद गरेको छ ।