Read All Image News


एक बर्ष अघि गरिएको म्याद थप गैरकानुनी:सुजाता कोइराला

Published on: - 12 months ago , ID: 2351

कांग्रेस नेतृ सुजाता कोइरालाले गत बर्ष संविधान सभाको म्याद थप्नु नै असंवैधानिक भएको भन्दै अब फेरि संविधान सभाको म्याद थप्न नसकिने बताउनु भएको छ । आज राजधानीमा भएको एक कार्यक्रममा उहाँले एक बर्ष अघि गरिएको म्याद थपलाई गैरकानुनी भन्दै संविधानसभाको म्याद थप्नु माओवादीलाई पोस्ने मात्र काम हुने बताउनु भयो । संविधान सभाका कारण अर्बौ रुपैयाँ खर्च भइसकेको उहाँको दाबी थियो ।

[...] read more


माओवादी हतियार र लडाकुको छायाँमा लोकतान्त्रीक संविधान बन्न नसक्ने:रामचन्द्र पौडेल

Published on: - 12 months ago , ID: 2350

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले माओवादीकै कारण संविधान बन्न नसकेको अरोप लगाउनुभएको छ । प्रेस युनियनले आज राजधानीमा गरेको कार्यक्रममा पौडेलले माओवादी शान्ति प्रक्रिया र संविधान लेखनप्रति इमान्दार नबनेकै कारण मुलुकमा राजनीतिक गतिरोध बढेको दाबी गर्नुभयो । माओवादी हतियार र लडाकुको छायाँमा लोकतान्त्रीक संविधान बन्न नसक्ने उहाँको भनाइ थियो ।

[...] read more


संविधानसभाको म्याद थप्न कांग्रेससहितका विपक्षीको कडा शर्त

Published on: - 12 months ago , ID: 2349

नेपाली कांग्रेस लगायतका विपक्षी दलहरुले संविधान सभाको म्याद थपका लागि संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्न नदिने रणनीति बनाएपछि म्याद थपबारे जटिलता थपिएको छ । नेपाली कांग्रेस, मधेशी दल लगायतका सत्र दलले चार दिन भित्रमा माओवादी लडाकुलाई निशस्त्र पार्नुपर्ने, हतियार सरकारको नियन्त्रणमा आउनुपर्ने, कब्जा गरिएका सम्पत्ति जेठ १४ भित्रमा फिर्ता गर्नुपर्ने र लडाकु अनुगमनक [...] read more


एमालेको पोलिट्ब्युरो बैठक संविधान सभाको म्याद थप्न नहुने निष्कर्षमा पुगे

Published on: - 12 months ago , ID: 2348

एमाले दुई तिहाई बहु्मतबाट संविधानसभाको म्याद थप्न नहुने निष्कर्षमा पुगेको छ । पार्टी मूख्यालय बल्खुमा आज बसेको पोलिट ब्यूरो बैठकले दुईतिहाइको बलमा म्याद थप्न नहुने ठहर गर्दै राष्ट्रिय सहमतिका लागि एमालेले मार्ग प्रशस्त गर्नुपर्ने सचिवालयद्वारा प्रस्तुत गरिएको विशेष प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो । बैठकले राष्ट्रिय सहमति बनेका अवस्थामा भने संविधानसभाको म्या [...] read more


आनी छोइङ्ग डोल्माको मंगलवाणी विमोचन समारोह

Published on: - 12 months ago , ID: 2347

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार ......’ । यस्तै खाले जीवनका आरोह अवरोह र रंगहरुलाई गीतको माध्यमबाट समेटिएर श्रोताको मन–मस्तिष्कमा आफ्नो छुटै छाप बनाउन सफल गायिका हुन् , आनी छोइङ्ग डोलमा । उनै गायिकाले काठमाडौं केशरमहल स्थित ‘ Garden of Dreams  ’मा आफ्नो ११ औं एल्बम ‘मंगलवणी’ सार्वजनिक गरिन् ।  
    सातवटा आध्यात्मिक गीतहरु समाविष्ट रहेको सो एल्वम [...] read more


रविन्द्रनाथ टैगोरको १५० औं जन्म जयन्ती

Published on: - 12 months ago , ID: 2346

भारतिय राजदुतावास, वि.पि. कोइरला नेपाल इन्डिया फाउन्डेसन र आनन्दलोक समूहको सयुक्त पहलमा प्रज्ञा भवन, कमलादीमा एक सांगितिक कार्यक्रमको आयोजना गरियो । वंगाली कवि, लेखक एवं संगीतकार रविन्द्रनाथ टैगोरको १५० औं जन्म जयन्तीको अवसरमा गरिएको सो सांगितिक कार्यक्रमको उद्घाटन राष्ट्रपति डा.रामवरण यादवको हातबाट गरियो । साथ साथै उनले टैगोरलाई नोवल पुस्कार दिलाउन सफल कृति ‘गीताञ्जल [...] read more


पूर्वाञ्चल बन्दका कारण आज पूर्वका जिल्लाहरुको जनजीवन प्रभावित

Published on: - 12 months ago , ID: 2345

खस क्षेत्री समाजले आह्वान गरेको पूर्वाञ्चल बन्दका कारण आज पूर्वका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण बिहानैदेखि मोरङ , सुनसरी, झापा, ताप्लेजुङ, इलाम लगायतका जिल्लाहरुमा यातायातका साधन चलेका छैनन् भने कलकारखाना र शिक्षणसंस्था ठप्प छन् । जेठ १४ मा संविधान जारी गर्न नसके संविधानसभा विघटन गरिनुपर्ने, जातीय आधारमा नभई भौगोलिक आधारमामात्र राज्यको पुर्नसंरचना गर [...] read more


माओवादी लडाकूको शिविरका गतिविधि नियाल्न सीसी टिभी

Published on: - 12 months ago , ID: 2344

सेना समायोजन विशेष समितिले माओवादी लडाकूको शिविर अनुगमनका लागि तत्काल अनुगमन टोली खटाउने निर्णय गरेको छ । आज प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको बैठकले तीनवटै सुरक्षा निकाय र माओवादी लडाकूका प्रतिनीधि सम्मिलित सोह्र सोह्र सदस्यीय टोली मुल शिविरमा र छ छ सदस्यीय टोली सहायक शिविरमा तत्काल खटाउने निर्णय गरेको हो । यसैगरि बैठकले सबै शिविरमा सीसी टिभी जडान गर्ने र शिविर [...] read more


उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम फेरि विभाजित

Published on: - 12 months ago , ID: 2343

उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम फेरि फुटेको छ । सहअध्यक्ष जेपी गुप्ताको नेतृत्वमा १६ जना सभासद्ले फोरम विभाजन गरेर मधेशी जनअधिकार फोरम गणतान्त्रिक गठन गरेका हुन् । गुप्ताको नेतृत्वमा सभासद्हरुले फोरम गणतान्त्रिक गठन गरेको ब्यहोरा संसद सचिवालयमा आज दिउँसो दर्ता गराएका छन् । नवगठित फोरम गणतान्त्रिकको संसदीय दलको नेतामा जेपी गुप्ता, उपनेतामा नन्दनकुमार दत्त [...] read more