ओलम्पिकमा सहभागिता जनाउने संभावित नेपाली खेलाडीको सुची सार्वजनिक
Published on: - 2 hours ago , ID: 14378
११ खेलाडीहरु वाइल्ड कार्डको आशामा
नेपाल ओलम्पिक कमिटिले लन्डन ओलम्पिकमा सहभागिता जनाउन सक्ने संभावित नेपाली खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष ध्रुव बहादुर प्रधानले सो जानकारी दिनुभएको हो । लन्डन ओलम्पिकमा वाइल्ड कार्डबाट सहभागि हुन प्रयासरत ११ नेपाली खेलाडीहरुको नाम पनि सार् [...] read more
अमेरिकाद्धारा छोटा सकिल र इब्राहिम टाइगरमाथि प्रतिबन्ध
Published on: - 2 hours ago , ID: 14377
अमेरिकाले दाउद इब्राहिमका दुई सहयोगी छोटा सकिल र इब्राहिम टाइगर मेमनमाथि लागू पदार्थ कारोबारमा संलग्न रहेको भन्दै प्रतिबन्ध लगाएको छ । इन्टरपोलको रेड कर्नर नोटिसमा रहेका दाउदलाई अमेरिकाले सन् २००३ को अक्टोबर र २००६ को जुनमा विश्वव्यापी आतंकवादीका विशेष अभियुक्त मानिसकेको छ । राष्ट्रपति बाराक आबोमाले पनि दाउदलाई मुख्य विदेशी लागू औषध कारोबारी भनेका छन् ।
पाकिस्तानद्धारा नेटो फौजका लागि बाटो खुलाउन प्रक्रिया सुरु
Published on: - 3 hours ago , ID: 14376
पाकिस्तानले अफगानिस्तानस्थित नेटो फौजका लागि रासन–पानी लैजान प्रयोग हुँदै आएको बाटो तत्काल खुलाउन प्रक्रिया थालेको छ । पाकिस्तानी मन्त्रिपरिषदको बैठकले बाटो खुलाउनका लागि आवश्यक सम्झौता गर्न अधिकारीहरुलाई निर्देशन पनि दिएको छ । गतवर्षको नोभेम्वरमा नेटोको हमलामा २४ पाकिस्तानी सैनिक मारिएपछि क्रृद्ध बनेको पाकिस्तानले नेटोका लागि अफगानिस्तान लैजाने सबै स [...] read more
उत्तर कोरीयाको विवादास्पद आणविक रियाक्टर निर्माण फेरी सुचारु
Published on: - 3 hours ago , ID: 14375
पश्चिमासँगको दुरी झनै बढ्दो
पश्चिमा राष्ट्रहरुको विरोधकै विच उत्तर कोरीयाले आफ्नो विवादास्पद आणविक भट्टी निर्माण कार्य सुचारु गरेको छ । गत महिना रकेट प्रक्षेपणको असफल प्रयास रेको उत्तर कोरीयाले विश्व जगतलाई गुमराहमा राख्दै आणविक रियाक्टर निर्माण कार्यलाई फेरी तिव्रता दिएको दावी एक अमेरीकी संस्थाले गरेको हो ।
उक्त संस्थाले जनाएअनुसार गत डि [...]
read more
सेती नदीमा अर्को बाढी आउनसक्ने: अध्ययन टोली
Published on: - 2 hours ago , ID: 14374
सेती नदीमा बैशाख २३ गते आएको बाढी जमिनको सतहले धान्नै नसक्ने गरी थुप्रिएको हिउँका कारण आएको त्यहाँ पुगेर फर्केको अध्ययन टोलीले जनाएको छ । भिरालो जमिनमा माथिबाट हिउँ खस्दै जाँदा ठूलो रुप लिएको अध्ययन टोलीले बताएको हो । करिब ४५ सय मिटर उचाइबाट शुरु भएको जमिन, हिउँ र बरफसहितको पहिरो ३५ सय उचाइ मिटरसम्म खसेको थियो । हिउँ र बरफ पग्लिएर पानीको सतह बढेपछि बाढीको रुप लिएको [...] read more
नेपाल महिला संघद्धारा नेम्वाङलाई ज्ञापनपत्र
Published on: - 3 hours ago , ID: 14373
नेपाल महिला संघले महिला अधिकारमैत्री नयाँ संविधान जारी गर्न माग गर्दै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई आज ज्ञापनपत्र बुझाएको छ । संघले नयाँ संविधान महिलामैत्री हुनुपर्नेसहितका ७ बुँदे ज्ञापनपत्र सिंहदरबारमा सभामुखलाई बुझाएको हो । संघले नागरिकतामा पुरुष र महिलाको समान अधिकार हुनुपर्ने माग पनि गरेको छ । सभाध्यक्ष नेम्वाङले नयाँ संविधानमा महिलाहरुको हक [...] read more
नवनियुक्त मन्त्री डा.केशवमान शाक्यद्धारा नेवाः मिडिया क्लबको कार्यालय उद्घाटन
Published on: - 3 hours ago , ID: 14372
नेवार समुदायका सास्कृतिक गतिविधिहरुलाई प्रचार प्रसारमा ल्याउन राजधानीमा नेवाः मिडिया क्लब स्थापना गरिएको छ । नवनियुक्त मन्त्री डा.केशवमान शाक्यले आज क्लवको कार्यालय उद्घाटन गर्नुभयो । मन्त्री शाक्यले नेवारी समुदायका गतिविधिहरु सम्बन्धी सुचना प्रवाहका लागि नेवाः मिडिया क्लबले महत्वपूर्ण भुमिका निवार्ह गर्ने विस्वास ब्यक्त गर्नुभयो । क्लबका संयोजक पदम श्रेष्ठले राज [...] read more
बसुन्धराको बाँसघारीमा आगलागी
Published on: - 3 hours ago , ID: 14371
जेठ ४,काठमाडौं । काठमाण्डौको धापासी गाविसस्थित श्रीटोलमा रहेको बाँसघारीमा आज मध्यान्ह आगो लागेको छ । बसुन्धरा र धापासी बीचको डाँडामा आगो लागेपछि त्यस क्षेत्रका वासिन्दा त्रसित बनेका थिए । बस्तीबीचमा रहेको डाँडाको बाँसघारीमा लागेको आगो जुद्ध बारुण यत्रबाट गएको अग्नी नियन्त्रक टोलीले झण्डै २ घण्टापछि नियन्त्रणमा लिएको थियो । आगो निभाउँदै गर्दा बारुण यन्त्रको पानी सकिएप [...] read more
अमेरिकी राजदुत माओवादीसँग खुसी, आतंककारी सूचीबाट हटाउने वचन
Published on: - 6 hours ago , ID: 14370
जेठ ४,काठमाडौं । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज भएको भेटमा संविधान निर्माण प्रक्रियामा माओवादीले खेलेका भूमिकाको राजदूत डेलिसीले प्रशंसा गरेका थिए ।
नेपाल नयाँ युगमा प्रवेश गर्दै गरेको र नेपाललाई सबै विदेशी मित्रले उत्तिकै सहयोग गर्नुपर्ने र नेपालको आर्थिक उन्नत [...]
read more





