माग पुरा नभए सशक्त आन्दोलनः यातायात व्यवसायी
Published on: - 2 days ago , ID: 14311
यातायात क्षेत्रसँग सम्बन्धित व्यवसायी एवं मजदूर संगठनले आफ्ना माग पुरा नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । यातायात व्यवसायीहरुले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी यातायात मन्त्रालय लाई भौतिक योजना तथा निर्माण मन्त्रालयमा समाहित गर्ने र ट्राफिक प्रहरीको जरीबाना बृद्धि र कमिसनको निर्णय फिर्ता गर्नुपर्ने आफुहरुका माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेताव [...] read more
शेयर बजारमा सुधार
Published on: - 2 days ago , ID: 14310
निरन्तर ओरालो लाग्दै आएको शेयर बजार मंगलबार उच्च दरले उकालो लाग्यो । दलहरुबीचको सहमतिको खबर संगै बजार उल्लेख्य दरले बढेको हो । अघिल्ला दिन घटेर सर्किट ब्रेक लाग्दै आएको थियो । यस दिन भने उच्च बृद्धि भएर २ पटक सर्किट ब्रेक लगाएर पनि बढ्ने क्रम नरोकिएसंगै १ घण्टा अगावै कारोबार रोकियो । अघिल्ला दिन धेरै घटेका जलविद्युत, वाणिज्य बैंक र अन्य समूहकै सूचक यस दिन उच्च दरले बढे । जलविद [...] read more
सुरुङ्ग मार्ग निर्माणको लागी नेपाल सरकार र पूर्वाधार विकासबीच हस्ताक्षर
Published on: - 2 days ago , ID: 14273
काठमाडौ कुलेखानी हेटौडा सुरुङ्ग मार्ग निर्माणको लागी नेपाल सरकार र नेपाल पूर्वाधार विकास कम्पनि लिमिटेड वीच समझदारी भएको छ । सोमबार राष्ट्रिय ओजना आयोगमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइको उपस्थितिमा सुरुङ्ग मार्ग निर्माणको लागी ६ महिना भित्र विस्तृत संभाव्यता अध्ययन गर्न र निर्माण कार्य सुचाचु गर्न समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल सरकारको [...] read more
कुवेती लगानीकर्ता पनि नेपालमा लगानी गर्न इच्छुक
Published on: - 3 days ago , ID: 14272
पछिल्लो समय नेपालमा लगानीको वातावरण सुधार हुने आशामा विदेशी लगानीकर्ताको चासो उल्लेख्य बढेको देखिन्छ । अहिले हरेक हप्ता जसो नै विदेशी लगानीकर्ताका उच्चस्तरीय टोली नेपाल आई यहाँका उद्यमी व्यवसायीहरुसंगै भेटघाट गर्दै आएको पाइन्छ । उनिहरुले वातावरण सुधार भएमा लगानी गर्न उत्साहित बनेको पनि बताउँदै आएका छन् । कुवेतको वैदेशिक मन्त्रालयका बरिष्ठ कार्यकारी महम्मद अहमद अल मुज [...] read more
शेयर बजारमा तिब्र गिरावट जारी
Published on: - 3 days ago , ID: 14271
सोमबार पनि शेयर बजारमा तिब्र गिरावट जारी रह्यो । यस दिन पनि बजार परिसूचक नेप्सेमा उच्च दरले गिरावट आएसंगै दुई पटक सर्किट ब्रेक लगाइयो । यस दिन पनि नेप्सेमा साढें ४ प्रतिशतले कमी आएको हो । नेप्से १७ अंकले घटेर ३ सय ७३ मा आइपुग्यो । यस दिन पनि वाणिज्य बैंक, जलविद्युत र अन्य समूहका सूचक उच्च दरले घटे । वाणिज्य बैंक समूहको सूचक २६ अंकले र जलविद्युत समूहको सूचक २४ अंकले घट्यो । यस दिन [...] read more
Nepali Congress Changes Stance
Published on: - 3 days ago , ID: 14244
The main opposition party Nepali Congress has decided to hand over the responsibility of naming federal states to the state assemblies themselves. A meeting of Nepali Congress held at its Parliamentary Party Office in Singhadurbar today made the decision to this effect. Likewise, the party has also decided that it could be flexible on having 11 states in the new constitution as opposed to its previous stand of having eight states. NC's flexibility on number of states follows the decision made by indigenous nationalities and Madhesi lawmakers from within and outside the party to reject the 8-state model.
[...] read moreनिजी क्षेत्र धरासायीः महासंघ
Published on: - 4 days ago , ID: 14237
सेना समायोजनमा भएको महत्वपूर्ण निर्णय संगै उत्साहित बनेको निजी क्षेत्र र लगानीकर्ता संघियताको नाममा मुलुकभर जारी बन्द, हड्तालले पुनः हतोत्साहित बन्न पुगेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपती मुरारका बन्दले उद्योग व्यवसाय मात्रै धरासायी नभई मुलुकको अर्थतन्त्र नै संकटमा परेको बताउनुहुन्छ ।
नयाँ बन्ने संविधानमा आ–आफ्नो पहिचानाको ग्यारेन्टी गर्न [...]
read more
कैलाश विकास बैंकको कारोबार शुरु
Published on: - 4 days ago , ID: 14236
नेपाल राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले लगानीको वातावरण अझै तयार नभएको भन्दै बैंक तथा वित्तिय संस्थाहरुलाई लगानी गर्न केन्द्रिय बैंकले दबाब नदिने बताउनुभएको छ । स्तरोन्नती भई अन्नपूर्ण फाइनान्सबाट कैलाश विकास बैंक बनेको बैंकको आइतबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
बैंक तथा वित्तिय संस्था बढि हुनुभन्दा कम संख्यामै सिमित गर्नेगरी केन्द् [...]
read more
शेयरमा उच्च गिरावट जारी
Published on: - 4 days ago , ID: 14235
राजनीतिक खिचातानीको शेयर बजारमा प्रत्यक्ष प्रभाव जारी रहेको छ । दलहरुको किचलो र मुलुकभरको बेथितिले आइतबार पनि शेयर बजार मा उच्च गिरावट जारी रह्यो । नेप्से पुनः ४ सय तल आइपुग्यो । कारोबार शुरु भएदेखि निरन्तर उच्च दरले ओरालो लागे पछि दुई पटक सर्किट ब्रेक लगाइयो । सर्किट ब्रेक पछि पनि नेप्सेमा ५ प्रतिशत बढीको गिरावट आएसंगै पूरै दिनका लागि कारोबार रोकियो । नेप्से करिब २१ अंकले झ [...] read more





