Reading Image National News


विभिन्न समूहद्धारा बन्दको श्रृंखला शुरु

Published on: - 1 day ago , ID: 14348

मुख्य दलहरुले नयां संविधानका विषयमा सहमति गरेपनि नयां संविधानमा आफ्ना मागहरुको स्पष्ट सम्बोधन हुने ग्यारेन्टी नभएको भन्दै विभिन्न समूहहरुले बन्दको श्रृंखला शुरु गरेका छन् । ब्राम्हण, क्षेत्री, दशनामी, ठकुरी, दलित, पिछडा बर्ग लगायतले सरकारले आफ्ना मागको सुनुवाई नगरेको भन्दै भोलिदेखि अनिश्चितकालीन आमहडतालको घोषणा गरेका छन् । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक [...] read more


दलहरुबीच भएको सहमति गलत ढंगले मिडियामा आयो :प्रचण्ड

Published on: - 1 day ago , ID: 14347

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच भएको सहमति गलत ढंगले मिडियामा आएको बताउनु भएको छ । माओवादीको संस्थापन पक्षका केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा उहाँले राज्यको शासकीय स्वरुप र राज्य पुनर्संरचना सम्बन्धि खबर गलत ढंगले आएको बताउनु भएको हो । प्रचण्डले संविधान सभाको राज्य पुनर्संरचान समिति र राज्य पुनर्संरचना आयोगले तयार पारेका प्रतिवेदनमै टे [...] read more


नेपाल आदिवासी जनजाती महासंघद्धारा सिट्ठी जुलुस

Published on: - 7 hours ago , ID: 14342

प्रमुख तीन दल र मधेशी मोर्चाका नेताहरुबीच संविधानका विवादित बूँदामा हिजो भएको सहमतिप्रति असहमति जनाउँदै नेपाल आदिवासी जनजाती महासंघले आज राजधानीमा सिट्ठी जुलुस निकाल्यो । अनामनगरबाट शुरु भएको सिट्ठी जुलुस नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि पुगेर सभामा परिणत भएको थियो । सभामा आदिवासी जनजाती महासंघ सम्बद्ध विभिन्न जातजाती तथा समुदायका व्यक्तिहरुको सहभागिता थियो [...] read more


नेपाली नागरिकता लिनका लागि हुनुपर्ने प्रावधान सम्बन्धि बहस

Published on: - 1 day ago , ID: 14341

राजनीतिक दलहरुबीच नेपाली नागरिकता लिनका लागि बाबु र आमा दुबैको सहमति हुनुपर्ने व्यवस्था गरेको भन्दै विभिन्न महिला अधिकारवादी गैरसरकारी संघसंस्थाले गुनासो गरेका छन् । आज राजधानीमा भएको कार्यक्रमका सहभागीहरुले नागरिकता सम्बन्धि व्यवस्थाले जनताको हक अधिकार सुनिश्चित नभएको दाबी गरे । अहिले सम्म देशभर १ करोड ४६ लाखले बाबुको नामबाट नागरिकता लिएको र १ सय २७ जनाले मात्रै आमाक [...] read more


सहमतिप्रति गजुरेल मोर्चाको आन्दोलन

Published on: - 1 day ago , ID: 14340

दलहरुबीच हिजो भएको सहमतिको विरोधमा १३ दलसम्बद्ध संयुक्त राष्ट्रिय जनआन्दोलन समितिले आन्दोलनको घोषणा गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी समितिका संयोजक माओवादी सचिव सिपी गजुरेलले विदेशी शक्तिले तयार पारेको संविधान जारी गर्ने षड्यन्त्र भएको भन्दै आन्दोलन गर्न बाध्य भएको वताउनुभयो । तीन दलका शीर्ष नेताहरु विदेशी शक्तिको आडमा चलेको भन्दै उहाँले हिजोको सहमतिलाई त्य [...] read more


चितवनका निजी विद्यालयमा अनिश्चितकालिन बन्द खुले

Published on: - 1 day ago , ID: 14339

चितवनमा संयुक्त विद्यार्थी संघर्ष समिति र निजी विद्यालयहरुको संगठन प्याव्सनबीच सहमति भएसंगै विद्यालयहरु संचालन भएका छन् । निजी विद्यालयमा भएको शुल्क बृद्धिको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरु र प्याव्सनबीच सांत बुंदे सहमति भएको छ । अघिल्लो शैक्षिक सत्रको तुलनामा १९ प्रतिशत मात्र शुल्क बृद्धि गर्ने, शिक्षा नियमावलीले ब्यवस्था गरेको १० प्रतिशत छात्रबृत्त [...] read more


हुम्लामा कफ्र्यू

Published on: - 1 day ago , ID: 14338

हुम्लाको सदरमुकाम सिमिकोटस्थित मानसरोवर उच्च माविको विद्यालय व्यवस्थापन समिति गठनको बिषयमा झडप भएपछि सदरमुकाम सिमिकोट र आसपासका क्षेत्रमा कफ्र्यु लगाइएको छ । बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा उम्मेद्वारी दिएका दुई समूहबीच भएको झडपले तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो । अध्यक्षमा थुन्जुक लामा र टेक बहादुर रोकायाले उम्मेद्वारी दिएपनि [...] read more


मध्यपश्चिम बन्द आज सातौं दिन पनि जारी

Published on: - 1 day ago , ID: 14337

जातीय राज्यको विरोध र अखण्ड मध्यपश्चिमको मागसहित आह्वान गरिएको मध्यपश्चिम बन्द आज सातौं दिन पनि जारी छ । बन्दको कारण मध्यपश्चिमको जनजीवन कष्टपूर्ण बनेको छ । बर्दियाबाट शुरु भएको बन्द दैलेख, बाँकेको कोहलपुर हुँदै नेपालगञ्जसम्म फैलिएको छ । बन्दका कारण यातायात, बजार, कलकारखाना, बिद्यालय ठप्प छन् । सरकार र दलहरुले आफ्ना मागको बेवास्ता गरेको भन्दै अखण्ड मध्यपश्चिम संयुक्त संघ [...] read more


दासढुङ्गा मदन भण्डारी - आश्रित श्रद्धान्जली सभा

Published on: - 1 day ago , ID: 14336

एमालेका तात्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जीप दुर्घटनामा परी मृत्यु भएको आज १९ वर्ष पुगेको छ । नेताद्वयको सम्झनामा आज एमालेले विभिन्न कार्यक्रम गरिरहेको छ । एमाले पार्टी मुख्यालयमा कार्यक्रम गरी भण्डारी र आश्रितप्रति श्रद्धाञ्जली ब्यक्त गरियो । कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले दलहरुबीच हिजो भएको सहमतिलाई ऐतिहासिक भन्दै सहमतिले श [...] read more