पेट्रोलियम पदार्थको अभावको मौका छोपेर नुवाकोटमा कालो बजारी बढेको छ । सातामा ६ हजार लिटरसम्म पेट्रोलियम पदार्थ भित्रने नुवाकोटका पेट्रोल पम्पहरुले पेट्रोल नभएको बताए पनि चिया पसलहरुमा भने पेट्रोल मज्जाले किनबेच भइरहेको छ । तर उपभोक्ताले चिया पसलमा पाइने पेट्रोलका लागि दोब्बर मूल्य तिर्नु पर्दछ । नुवाकोट सदरमुकाम त्रिशुली र आसपासका चिया पसलहरुमा प्रति लिटर १ सय ५० रुपैयाँदेखि २ सय रुपैयाँसम्ममा पेट्रोल बिक्री हुँदै आएको हाम्रा संवाददाताले जनाएका छन् । चिया पसलबाट पेट्रोलको कालो बजारी भइरहे पनि स्थानीय प्रशासनले कसैलाई कारबाही गरेको छैन ।