शेयरमा सामान्य सुधार

शेयरमा सामान्य सुधार

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार परिसूचक नेप्से विहीबार भने सकारात्मकमा रहेर थामियो । यस दिन नेप्से पौने एक अंकले सकारात्मक रहेर ३ सय १२ दशमलब पाँच आठमा पुग्यो ।

वाणिज्य बैंक र अन्य समूहको सूचक नगन्य अंकले धनात्मक रहेसंगै नेप्से सकारात्मक रहेको हो । अन्य समूहको सूचक ५ अंकले बृद्धि भयो । अरु कारोबार भएका सबै समूहका सूचक भने ऋणात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा ८७ कम्पनीको ८७ हजार कित्ता शेयर ८७ हजार कित्ता बढी शेयर १ करोड ८८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एस्सचेन्जले जनाएको छ ।