नइ प्रकाशनले यस वर्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका ८ जनालाई विभिन्न पुरस्कारबाट सम्मान गरेको छ । आज राजधानीमा भएको कार्यक्रममा पुरस्कारका संस्थापक खनूपरुदे ‘रामबाबु’ ले नई देरुख अन्तर्राष्ट्रिय पुरस्कार बेलायतका प्रा.डा.माइकल हटलाई प्रदान गर्नुभयो । यस्तै नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार रुसमा बस्दै आएका कृष्णप्रसाद श्रेष्ठलाई र चित्रकार शशी शाहलाई नइ खरा सुकीर्ति पुरस्कार प्रदान गरियो । अभिनेत्री बसुन्धरा भुसाललाई ‘नइ खरा प्रदीप्ति पुरस्कार’ तथा नेत्र विहिन वीरेन्द्रराज पोखरेल तथा नरबहादुर लिम्बुलाई संयुक्त रुपमा ‘नइ खरा खुरभी पुरस्कारबाट सम्मानित गरियो । शिक्षा क्षेत्रमा उल्लेख्य काम गरेका उत्तम सञ्जेललाई ‘नई खरा गौरव पुरस्कार’ र अनुजा अग्रवाललाई नई खरा पौरख पुरस्कार’ प्रदान गरियो । सोही अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले नेपालका महाकविको कथा नामक ग्रन्थ सार्वजनिक गर्नु भयो ।