अमेरिकी दूतावासले सरकारसँग ५० लाख डलर क्षतिपूर्ति माग्यो

अमेरिकी दूतावासले सरकारसँग ५० लाख डलर क्षतिपूर्ति माग्यो

काठमाडौं, भाद्र २४ । लाजिम्पाट महाराजगञ्ज सडकखण्डमा रहेको अमेरिकी दूतावासले सरकारको सडक विस्तार योजनामा व्यवधान खडा गरेको छ । सरकारले बाटो विस्तारका लागि दूतावासको पर्खाल भत्काउने योजना बनाएपछि दूतावासले उक्त कार्य वापतको क्षर्तिपूर्ति माग गरेको हो । अमेरिकी दूतावासले सरकारसँग बाटो विस्तारका लागि ५० लाख डलर रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरेको स्रोतले जनाएको छ ।

दूतावासको अवरोधपछि अहिले सरकारले उक्त क्षेत्रमा बाटो विस्तार गर्न सकेको छैन । सर्वसाधारणका घरमा भने सरकारले डोजर लगाएर बाटो विस्तार गर्ने कार्यलाई निरन्तरता दिईरहेको छ । त्यस्तै उक्त क्षेत्रमै परेको जापनिज दूतावासले पनि सरकारसँग ठूलो मात्रामा क्षतिपूर्ति रकम माग गरेको बताइएको छ । भवन आचारसंहिता विपरित बनेका ती भवनहरु भत्काउन अहिले सरकारलाई कठिन भईरहेको जनाइएको छ ।