फुटवलरले प्रेमिकाको हत्यागरी कुकुरलाई खुवाए

फुटवलरले प्रेमिकाको हत्यागरी कुकुरलाई खुवाए

एजेन्सी, भाद्र २५ । ब्राजिलका एक चर्चित फुटवल गोलकिपर माथी आफ्नी प्रेमिकाको हत्यागरी शरीर आफ्नो कुकुरलाई खुवाएको आरोप लागेको छ । ब्राजिकाल चर्चित गोलकिपर ब्रुनो फर्नाडिज डिसुजामाथी उनको प्रेमिका तथा मोडल एलिजा सैमुडियाको अपहरणगरी हत्या गरेको आरोप लागेको हो । फुटवल खेलाडी माथी प्रेमिकालाई शहर भन्दा टाढा पु-याई हत्या गरेको र त्यसपछि शरीर टुक्रा–टुक्रागी आफ्नो कुकुरलाई खुवाएको आरोप लागेको हो ।

समाचारका अनुसार गोलकिपर र उनकी प्रेमिकाबीच केही अघिदेखि अफेयर चलिरहेको थियो । त्यसबीचमा बच्चालाई जन्म दिने विषयमा यी २ बीच मनमुटाव भएको थियो । ब्राजिलको एक स्थानीय पत्रिकामा छापिएको खबर अनुसार २५ वर्षीय मोडल समेत रहेकी गोलकिपरकी प्रेमिका एलिजाले गोलकिपरको बच्चालाई जन्म दिएकी थिइन् । तर, गोलकिपर यस कुराबाट खुशि थिएनन् ।

सोही कारण २७ वर्षीय स्टार गोलकिपरले आफ्नी पत्नी र अन्य ८ व्यक्तिको सहयोगमा प्रेमिकाको हत्या योजना बुनेको जनाइएको छ । त्यसपछि प्रेमिकाको अपहरणगरी हत्या गरेको उल्लेख गरिएको छ । गोलकिपरले प्रेमिकाको हत्यागरी आफ्नो कुकुरलाई शरीरको टुक्रा खुवाएपछि बाँकी भएको शरीरको टुक्रा खाल्टो खनेर गाडिदिएको जनाइएको छ ।