
काठमाडौं, भाद्र २६ । भनिन्छ सफलताले नयाँ संस्कार जन्माउँछ । यदि यो भनाई सत्य हो भने नेपाली क्रिकेट टोलीले नेपाली माटोमा क्रिकेटको नयाँ संस्कार जन्माउदैछ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन फोरको उपाधि जितेर स्वदेश फर्किएको नेपाली टोलीले सम्भवतः अहिलेसम्मकै भव्य स्वागत पाएको छ । विमानस्थल पुगेका हजारौं क्रिकेटप्रेमीले राष्ट्रिय क्रिकेटका नयाँ स्टारहरुको नाम लिईरहँदा, साँच्चै नेपाली क्रिकेटमा अब अर्को एउटा अध्यायको जग बसालेको छ ।