
काठमाडौं, भाद्र २६ । सरकारले एलपी ग्याँस र मट्टीतेलमा विद्यार्थीलाई सहुलियत दिने तयारी गरेपछि विद्यार्थी संगठनहरुले भोलिका लागि आह्वान गरेको नेपाल बन्द मध्यान्ह १२ बजेसम्म मात्रै हुने भएको छ । वाणिज्य तथा आपूर्ती मन्त्रालयले विद्यार्थीलाई ग्याँसमा प्रतिसिलिण्डर २ सय ५० र मट्टितेलमा प्रति लिटर १० रुपैयाँ छुट दिने तयारी गरेपछि भोलि १२ बजेसम्म मात्र बन्द गरिने विद्यार्थी संगठनहरुले जनाएका छन् ।
सरकारले आजै विद्यार्थीहरुलाई सहुलियत दिने निर्णय गरेको वाणिज्य मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले जानकारी दिए ।