
काठमाडौं, भाद्र २७ । गणतन्त्रबादी नेता रामराजाप्रसाद सिंहको ७७ बर्षको उमेरमा आज विहान निधन भएको छ । नेपालमा राजतन्त्रविरुद्धको आन्दोलनमा जीवनभर लडेका सिंह गणतन्त्रका प्रणेता समेत मानिनुहुन्छ । प्रथम राष्ट्रपति निर्वाचनमा माओवादी समर्थनमा उम्मेदवार समेत हुनुभएका सिंहको राजकीय सम्मानका साथ आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । आर्यघाटमा उहाँका छोरा डा. मनोज कुमार सिंहले दाग बत्ति दिनु भएको थियो । दाहसंस्कार अघि उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्रीहरु र दलका नेताहरुले अन्तिम श्रद्धञ्जली व्यक्त गरेका थिए ।