
काठमाडौं, भाद्र २८ । मूल्यबृद्धिको विरोधमा नेकपा–माओवादीले भोलिको लागि आह्वान गरेको नेपाल बन्द मध्यान्ह १२ बजे सम्ममात्रै हुने भएको छ । नजिकिँदै गरेको महिलाहरुको महान पर्व तीज र राष्ट्रिय बालदिवसको दिन परेकोले १ दिने बन्दलाई घटाएर ६ घण्टामात्रै कायम गरिएको प्रवक्ता पम्फा भूषालले इमेज समाचारलाई जानकारी दिनुभयो । पेट्रोलियम पदार्थमा भारी मूल्यबृद्धि भई उपभोक्ता मारमा परेको भन्दै नेकपा माओवादीले भोलि नेपाल बन्दको आह्वान गरेको हो । सरकारले मूल्यबृद्धि फिर्ता लिइ उपभोक्तालाई राहतको व्यवस्था नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी माओवादीले दिएको छ ।