चीनका पूर्व प्रहरी प्रमुख वांग लिजुन दोषी ठहर, १५ वर्ष जेल सजाय

आश्विन ८ । चीनमा बहुचर्चित बो शिलाई राजनीतिक काण्डमा पूर्व प्रहरी प्रमुख वांग लिजुनलाई १५ वर्षको जेल सजाय सुनाइएको छ । अदालतको यो फैसला अघि चेंगडुमा दुई दिन सम्म चलेको मुद्दाको सुनुवाईका क्रममा वांग लिजुनलाई पदको दुरुपयोग गरी घुस लिएको र बेलायती ब्यापारी हत्याको विषय लुकाउने प्रयास गरेको भन्दै दोषी ठह¥याइएको थियो । बेलायती व्यापारी नील हेवुड हत्या मामिलामा वांगले गत फेब्रुअरी महिनामा चीनस्थित अमेरिकी दूतावाससँग सहयोगको याचना गरेका थिए । चीनको राजनीतिमा महत्वपूर्ण भूमिका खेलेका बो शिलाईकी पत्नी गू काईलाईलाई अदालतले नील हेवुडको हत्यामा दोषी ठहर गरिसकेको छ । यो घटनापछि बो शिलाईको राजनीतिक भविष्य समेत समाप्त भएको ठानिएको छ ।