उपभोक्ता मञ्च माग

उपभोक्ता हित संरक्षण मञ्चले उपभोक्ता संरक्षण ऐन तत्काल संशोधन गरी उपभोक्ता अदालत र उपभोक्ता संरक्षण कोषको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । मञ्चको प्रतिनिधिमण्डलले हिजो प्रधानमन्त्री झलनाथ खनाललाई ज्ञापनपत्र बुझाउँदै कृत्रिम मूल्यबृद्धि र गुणस्तरहीनता तत्काल नियन्त्रण गर्नुपर्ने र नियन्त्रणका लागि केन्द्रमा उपभोक्ता संरक्षण तथा आपूर्ति व्यवस्था विभाग र प्रत्येक जिल्ला प्रसाशन कार्यालयहरुमा उपभोक्ता हित शाखाको स्थापना गर्न माग गरेको छ ।त्यसैगरी कानुन बमोजिम गठित उपभोक्ता संरक्षण परिषद् प्रतिष्पर्धा बोर्ड तथा केन्द्रीय तथा जिल्ला अनुगमन समितिलाई क्रियाशील गराउन पनि माग गरिएको छ ।