कास्कीको मालपोत कार्यालयमा तालाबन्दी

कास्कीको मालपोत कार्यालयमा तालाबन्दी

कास्कीको पोखरामा बैंक ठगी प्रकरणमा समातिएका आफ्ना सहकर्मीहरुलाई तत्काल रिहाईको माग गर्दै मालपोत कर्मचारीहरुले आज कार्यालयमा तालाबन्दी गरेका छन् । सन्तोष पौडेल लगायतका व्यक्तिले एउटै जग्गालाई विभिन्न बैंकमा धितो राखेर करीव तीन करोड रकम ठगी गरेका थिए । प्रहरीले शुक्रबार मालपोत मोठ शाखाका उदयबहादुर कुंवर र रुक्मणी ढकाल तथा कम्युटर शाखाका राजेन्द्र पोखरेल र मोहन दर्लामीलाई पक्राउ गरेको हो । त्यस्तै मुत्तिनाथ विकास बैंक कर्जा शाखाका अमृत पौडेल र लेखनदास शिवेन्द्र आर्चायलाई पनि प्रहरीले पक्राउ गरेको छ । अनुसन्धान लागि हिरासतमा रहेका पौडेलको बयान र अन्य कागजातका आधारमा ठगीमा संलग्न रहेको देखिएकोले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।