एलिजावेथ टेलरको निधन

एलिजावेथ टेलरको निधन

विसौं शताब्दीकी चर्चित हलिउड अभिनेत्री एलिजाबेथ टेलरको अमेरिकाको लस एन्जेलसमा निधन भएको छ । लामो समय देखि विरामी रहेकी ७९ वर्षिया एलिजाबेथको निधन हर्ट एट्याकबाट भएको बताइएको छ । एलिजावेथले क्लियोपेट्रा ,नेशनल वेलवेट जस्ता चर्चित चलचित्रमा अभिनय गरेर आफनो उत्कृष्ट कला प्रदर्शन गर्नुभएको थियो । ग्ल्यामर र आधुनिक जीवनशैलीका कारण पनि एलिजाबेथ चलचित्रको दुनियांमा चर्चित हुनुहुन्थ्यो । विभिन्न समयमा सात जनासंग विवाह गरेकी एलिजावेथको हलिउड अभिनेता रिचर्ड बर्टनका साथ पनि लामो समय सम्बन्ध रहेको थियो । एलिजावेथ आफ्नो जमानामा अभिनयका कारण मात्र नभई सुन्दरताका कारण पनि उत्तिकै चर्चित हुनुहुन्थ्यो । १२ वर्षको उमेर देखी नै नाम कमाउन शुरु गरेकी एलिजावेथ जीवनको अन्तसम्म चर्चामै रहनु भयो । ५० को दशकमा चार पटक अस्कर पुरस्कारका लागि छानिएपनि उहाँले बटरफील्ड चलचित्रका लागि अस्कर पुरस्कार हात पार्न सफल हुनुभयो । उहांले सन् १९६७ मा अफ्रेड अफ भर्जिनिया वुल्फ चलचित्रका लागि दोस्रो पटक अस्कर पुरस्कार जित्नुभयो । एलिजावेथ टेलरेको निधनसंगै चलचित्रको दुनियामा एक सफल र चर्चित अभिनेत्रीको युग नै अन्त्य भएको वताइएको छ ।