पाकिस्तानको अस्तित्वका लागि भारत खतरा

पाकिस्तानको अस्तित्वका लागि भारत खतरा

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफले पाकिस्तानको अस्तित्वका लागि भारत खतरा रहेको बताउनु भएको छ । अमेरिकी पत्रिका टाइम्सलाई दिएको अन्तर्वातामा मुसर्रफले भारतिय सेनाको ९० प्रतिशत तैनाथी पाकिस्तानको विरुद्ध भएको भन्दै परमाणु हतियारको दौडका लागि भारत नै जिम्मेवार रहेको दोषारोपण लगाउनुभयो । पाकिस्तानी जनता आफ्नो देशमा रहेको परमाणु हतियारका लागि गर्व महसुस गर्ने भन्दै मुसर्रफलले परमाणु हतियार निर्माण गर्नु पर्ने कारण भारत नै रहेको जिकिर गर्नुभयो । मुसर्रफले पाकिस्तानमा तालिवान लडाकुको गतिविधि बढेपनि विश्वमा सवैभन्दा खतरनाक देश भने अफगानिस्तान भएको दाबी गर्नुभयो । लण्डनमा रहदै आउनुभएका मुसर्रफले अरबी मुलुकका राष्ट्रपतिसंग आफ्नो तुलना हुन नसक्ने भन्दै आफु खुशी नै पाकिस्तान छोडेको बताउनुभयो ।