काठमाडौँबाट चोरी हुने मोटरसाइक नुवाकोटमा किनबेच

   काठमाडौँबाट चोरी हुने मोटरसाइक नुवाकोटमा किनबेच

नुवाकोट जिल्लामा चोरी मोटरसाइकलको चलखेल बढेपछि नियन्त्रण गर्न प्रहरीले सक्रियता देखाएको छ । काठमाडौँ र आपसासका स्थानहरुबाट चोरी हुने मोटरसाइकल नुवाकोटमा किनबेच हुन थालेपछि प्रहरीले मोटरसाइकल चेकजाँचलाई तिब्र बनाएको हो । नुवाकोट भित्रिने चोरीका मोटरसाइकलहरु गल्छी देवीघाट, गंगटे खरानीटार, सातविसे चोकते लगायतका ग्रामीण भेगमा चल्ने गरेका छन् । नुवाकोट जिल्ला विकास समितिले सम्पूर्ण गाउँ विकास समितिमा कृषि मोटरबाटो पु-याएपछि जिल्लामा सञ्चालन हुने चोरीको मोटरसाइकलको संख्या बढेको हो । काठमाण्डौबाट हराएका मोटरसाइकल नुवाकोटलगायत रसुवा, धादिङ, वारा, रौतहट, सिन्धुपाल्चोक, मकवानपुर, काभ्रे लगायतका जिल्लामा जाने गरेको छ । नुवाकोटबाट पक्राउ परेका दर्जनौको संख्यामा मोटरसाइकलहरु अहिले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा थन्किएका छन् ।