पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले नक्कली नम्बर प्लेट प्रयोग गरी चोरीको गाडी चढेको खुलासा भएको छ । प्रजिअले चढेको गाडी चोरीको भएको भन्दै स्थानीयबासिन्दाले नियन्त्रणमा लिएपछि नम्बर नककली भएको खुलेको हो । स्थानीयबासीले संचारकर्मीको उपस्थितीमा गाडी जांच गर्दा तीन वटा नम्बर प्लेट प्रयोग गरिएको फेला परेको थियो । गाडीमा प्रजिअ झा, उहांकी श्रीमति बजार घुमन निस्किनु भएको थियो । प्रजिअ झाले प्रयोग गरेकोे गाडीमा ना १ झ ४९८ नं. को सरकारी प्लेट त्यसको तल ना १ झ ५०३७ नं र बा १ च ५०३७ लगाएको तीनवटा नम्बर प्लेट फेला परेको हो । सो गाडीमा ३ वटा नम्बर प्लेट फेला परेपछि स्थानीय व्यक्तिहरुद्धारा सो गाडीलाई भन्सारमा बुझाउन आग्रह गरेका थिए । तर वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक कुलदिप चन्दको टोलीले सो गाडीलाई जिल्ला प्रशासन कार्यालय पर्सामा नै बुझाएका छन् ।