नुवाकोटमा कर्मचारीलाई बस्नको लागि सरकारले उपलव्ध गराएको आवास गृह कर्मचारीले बाहिरी मान्छेलाई भाडामा लगाउने गरेका छन् । नुवाकोटको त्रिशुलीस्थित नेपाल विद्युत् प्राधिकरणका कयौं भवनहरुमा कर्मचारीको नाममा बाहिरी व्यक्तिले कब्जा जमाएका छन् । प्राधिकरणमा कर्मचारीको नाममा दर्ता भएका भवनहरुमा कर्मचारी नबस्ने गरेको जानकारी कार्यालयलाई भएपनि उनीहरुलाई हटाउने विषयमा कुनै पहल भएको छैन । नेपाल विद्युत् प्राधिकरण रसुवा–नुवाकोट शाखा र त्रिशुली विद्युत् उत्पादन गृहमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीहरुलाई निःशुल्क आवास गृह उपलब्ध हुँदै आएको छ । कर्मचारी आवास गृहमा प्रयोग हुने विद्युत् महशुल उठाउन भने प्राधिकरणले केही तदारुकता देखाएको छ ।