अमेरीकी राजदूत स्कट एच डेलीसीले आज सुनसरीमा कोशी क्षेत्रको निरीक्षण गर्नुभएको छ । उहांले अमेरीकाको सहयोगमा संचालित कोशी पुनर्निर्माण कार्यक्रमको निरीक्षण गर्नुका साथै बाढी पीडितहरुको अवस्थाबारे समेत जानकारी लिनुभयो । अमेरिकी सरकारको सहयोगमा २ वर्ष यता कैलाली, वर्दिया, बाँके, पर्सा, रौतहट र वारामा ५३ वटा पुल, ११ वटा सडक तथा १४ वटा स्कुल निर्माण हुँदैछ ।