सूचनाको हक सम्बन्धि ऐनको कार्यान्वयन भएन: सरोकारवाला

संक्रमणकालीन राजनीतिक अवस्थाको बहानामा राज्यले सूचनाको हक सम्बन्धि ऐनको प्रभावकारी कार्यान्वयन गर्न नसकेको सरोकारवालाहरुले औंल्याएका छन् । राष्ट्रिय सूचना आयोगले आज राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था भएपनि सरकारले सार्वजनिक चासोका सूचना अझै लुकाउने गरेको बताए । कार्यक्रममा संविधानविद् काशीराज दाहालले सूचनाको हक लागू भएको भएपनि सरकारी, गैरसरकारी संस्था र राजनीतिक दलहरुले सूचना लुकाउने गरेको बताउनुभयो ।

यस्तै पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले सरकारी निकायमा सूचना दिने अधिकारीहरु नै सक्षम नभएकाले सूचना पाउन गाह«ो भएको बताउनुभयो । राष्ट्रिय सूचना आयोगका अध्यक्ष विनय कसजुले सूचना नपाएर परेका उजुरीहरुको संख्या बढ्दो रहेको धारणा राख्नुभयो । उहाँले सर्वसाधारणले सूचना नपाएको उजुरी गरेमा आयोगले चाहेको सूचना उपलब्ध गराउन पहल गर्ने पनि बताउनु भयो ।