आइजीपी अख्तियारमा

आइजीपी अख्तियारमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीसँग बयान लिइरहेको छ । ठकुरी बयानका लागि दिउँसो पौने १ बजे अख्तियार पुग्नुभएको हो । उहाँसँग अख्तियारका प्रमुख सहन्यायाधिवक्ता राजेन्द्र सुवेदीले लिखित बयान लिनुभएको छ । नेपाल प्रहरीले संयुक्त राष्ट्र संघमा शान्ति स्थापनार्थ सुडान पठाएको प्रहरीको टोलीका लागी खरिद गरिएको सामग्रीमा घोटाला भएको विषयमा बयान दिन महानिरीक्षक आयोगा जानुभएको हो ।