डोटीका किसान गुणस्तरहिन मलका लागि लुछाचुडी

सरकारले राहतको खेती गरिरहंदा डोटीका किसानले भने गंहु खेतीका लागि मल पाउन सकेका छैनन् । सहुलियत दरको मल नपाएपछि किसानहरु बजारमा पाउने कम गुणस्तरको मल महंगोमा किन्न बाध्य छन् । कृषी समाग्री कम्पनीको दिपायल स्थीत गोदाम रित्तो छ भने गुणस्तरहिन मलका लागि किसानमा लछाचुडी मच्चीने थालेको छ । गत बर्ष ३ हजार ८ सय प्रती क्वीन्टल पर्ने मलको यस बर्ष ४ हजार ६ सय रुपियाँ परेको व्यापारीहरु बताउछन् ।