अटो स्पाद्धारा सर्भिस सेन्टरको स्थापना

अटोमोबाइलको मर्मत एवं साज सजावटका काम गर्दै आएको अटो स्पा प्रा.लीले काठमाडौंको लाजिम्पाटमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरेको छ । सेन्टरबाट जुन सुकै कारको मर्मत, सरसफाइ र सजावट अत्याधुनिक प्रविधिबाट गरिने बताइएको छ । सेन्टरमा गाडीका कोरिएका सिसाहरुमा न्यानो ग्लास कोटिङ गरिने, एन्टी ग्लेयर प्रविधीबाट सिसाहरु टल्काउने, सुरक्षित गर्ने लगायतका सुविधा उपलब्ध हुने बताइएको छ ।