पप गायक दिपक बज्राचार्यले ब्यान्ड रिदम कन्सर्ट गर्ने

पप गायक दिपक बज्राचार्यले ब्यान्ड रिदम कन्सर्ट गर्ने

पप गायक दिपक बज्राचार्यले आगामी शुक्रबार परम्परागत नौ थरी बाजाका साथ पाटन दरबार क्षेत्रमा ब्यान्ड रिदम कन्सर्ट गर्ने भएका छन् । राजधानीमा पत्रकार सम्मेलन गरी साँस्कृतिक विविधता र विविधताको बीचमा पर्यटन लागि सँगसँगै भन्ने नाराका साथ कन्सर्ट आयोजना गरिएको जानकारी दिइयो । पर्यटन बर्ष २०११ का सद्भावना दुत समेत रहेका बज्राचार्यले यसअघि अमेरिका र अष्ट्रेलियाका विभिन्न १९ प्रान्तमा गीतसंगीत प्रस्तुत गरेका थिए । पर्यटन वर्षलाई सफल बनाउन गायक बज्राचार्यको योगदानको कदर गर्दै उनलाई कन्सर्टकै नि सम्मान समेत गरिने नेपाल पर्यटन बोर्डले जनाएको छ ।