अर्थमन्त्रीद्धारा श्वेतपत्र जारी

अर्थमन्त्रीद्धारा श्वेतपत्र जारी

उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीले पूरानै नीति तथा कार्यक्रमको निरन्तरता सहित बैशाख नयाँ बजेट ल्याउने बताउनुभएको छ । मुलुकको आर्थिक स्थिति तथा नीतिगत अवधारणा सम्बन्धि मंगलबार श्वेतपत्र जारी गर्दै उहाँले नयाँ बजेटले पूराना नीति तथा कार्यक्रमलाई नै निरन्तरता दिने बताउनुभएको हो । अर्थमन्त्री अधिकारीले चालु आर्थिक वर्षका परियोजनाको बजेट कटौती नगरिने प्रष्ट पार्नुभयो । श्वेतपत्रकै आधारमा सरकार अगाडी बढ्ने भन्दै उहाँले कृषि, उद्योग, रोजगारी लगायतका क्षेत्रमा सुधार हुन नसक्दा मुलुकको समग्र आर्थिक स्थिती सन्तोषजनक हुन नसकेको बताउनुभयो । सहकारीको लगानी उत्पादन र सेवामा पनि पुर्‍याउनुपर्नेमा जोड दिदै उहाँले साना उद्यमीको सिप र जाँगरको प्रयोग गरि सरकार अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो । राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले आन्तरिक एवं बाह्य कारणले मुकुकको आर्थिक अवस्था राम्रो हुन नसकेको बताउनुभयो । लगानीको वातावरण बन्न नसक्नु, पूँजीगत र सरकारी खर्च हुन नसक्नु, पेट्रोलियम पदार्थमा भएको उच्च मूल्यबृद्धि र रेमिट्यान्समा आएको कमीले समग्र आर्थिक क्षेत्र सन्तोषजनक रहन नसकेको गर्भनरले बताउनुभयो । त्यस्तै अमेरिकामा हुन लागेको उर्जा सम्बन्धी कार्यक्रममा भाग लिन अर्थमन्त्रीको नेतृत्वमा उर्जा, गृह, अर्थ मन्त्रालयका अधिकारी सहितको टोली जाने भएको छ । कार्यक्रममा नेपालको तर्फबाट अर्थमन्त्री अधिकारीले नेपालको उर्जा सम्बन्धी विषयमा कार्यपत्र पस्तुत गर्ने कार्यक्रम रहेको छ । सोहि कार्यक्रममा ६४ वर्षपछि नेपाल र अमेरिका बिच व्यापार प्रवद्र्धनका लागि टिफा सम्झौतामा हस्ताक्षर हुदै छ ।